अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपालको विजयी शुरुवात, कीर्गिस्तान १–० गोल अन्तरले पराजित
काठमाडौं । नेपालले चारदेशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा कीर्गिस्तानविरुद्ध १–० को जित निकाल्दै सुखद सुरुवात गरेको छ । सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा नेपाललाई जीत दिलाउन विमला चौधरीको गोल नै निर्णायक बन्यो ।
पहिलो हाफको १०औँ मिनेटमा बिमला चौधरीले हेडर मार्फत गोल गर्दै घरेलु समर्थकमाझ आफ्नो टोलीलाई अग्रता दिलाएकी थिइन् । खेलको अधिकांश समय बलमाथि नियन्त्रण बनाएको नेपालले करिब आधा दर्जन गोलका अवसरको सदुपयोग गर्न सकेन । र एक सुन्यको गोलमा चित्त बुझाउनु परेको थियो ।
जितसँगै तीन अंक जोडेको नेपाल तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट समान अंक जोडे पनि म्यानमार गोलआधारमा नेपालभन्दा माथि छ । हिजोदेखि सुरु भएको प्रतियोगितामा नेपाल र कीर्गिस्तानसँगै म्यानमार र लेबनानको सहभागिता छ । यसअघि आजै भएको पहिलो खेलमा म्यानमारले लेबनानविरुद्ध ३–१ को जित निकालेको थियो ।फाइनल खेल आगामी १४ गते हुने छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE