आज कुन देशको मुद्राको नेपाली मूल्य कति छ ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि बिदेशी मुद्राको नेपाली विनिमष्दर निर्धारण गरेको छ । आजको लागि निर्धारित विनिमयदर अनुसार भारतीय रुपैयाँ १०० को नेपाली खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
त्यसैगरी, अमेरिकी डलर एकको खरिददर एक सय ३८ रूपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ३९ रूपैयाँ ४३ पैसा, युरोपियन युरो एकको खरिददर एक सय ४५ रूपैयाँ २७ पैसा र बिक्रीदर एक सय ४५ रूपैयाँ ९० पैसा निर्धारण गरिएको छ ।
यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रूपैयाँ ९५ पैसा र बिक्रीदर एक सय ७५ रूपैयाँ ७१ पैसा कायम गरिएको छ । स्विस फ्र्यांक एकको खरिददर एक सय ५३ रूपैयाँ ९८ पैसा र बिक्रीदर एक सय ५४ रूपैयाँ ६५ पैसा तय गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ८८ रूपैयाँ २६ पैसा र बिक्रीदर ८८ रूपैयाँ ६४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ८९ पैसा र बिक्रीदर ९८ रूपैयाँ ३१ पैसा तोकिएको छ ।
सिंगापुर डलर एकको खरिददर एक सय तीन रूपैयाँ ४७ पैसा र बिक्रीदर एक सय तीन रूपैयाँ ९१ पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ ।
जापानी येन १० को खरिददर नौ रूपैयाँ १५ पैसा र बिक्रीदर नौ रूपैयाँ १९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ ०७ पैसा र बिक्रीदर १९ रूपैयाँ १६ पैसा तोकिएको छ ।
साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ ०२ पैसा र बिक्रीदर ३७ रूपैयाँ १८ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ ०९ पैसा र बिक्रीदर ३८ रूपैयाँ २५ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ १२ पैसा र बिक्रीदर चार रूपैयाँ १४ पैसा, यूएई दिराम एकको खरिददर ३७ रूपैयाँ ८० पैसा र बिक्रीदर ३७ रूपैयाँ ९६ पैसा कायम गरिएको छ ।
मलेसियन रिंगेट एकको खरिददर ३१ रूपैयाँ २३ पैसा र बिक्री दर ३१ रूपैयाँ ३६ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ ६४ पैसा र बिक्रीदर नौ रूपैयाँ ६८ पैसा निर्धारण गरिएको छ ।
स्विडिस क्रोनर एकको खरिददर १२ रूपैयाँ ९६ पैसा र बिक्रीदर १३ रूपैयाँ ०२ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ ४८ पैसा र बिक्री दर १९ रूपैयाँ ५६ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ८५ पैसा र बिक्रीदर १७ रूपैयाँ ९३ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४९ रूपैयाँ ८७ पैसा र बिक्रीदर चार सय ५१ रूपैयाँ ८१ पैसा तोकेको छ ।
बहराइन दिनार एकको खरिददर तीन सय ६८ रूपैयाँ ३८ पैसा र बिक्रीदर तीन सय ६९ रूपैयाँ ९७ पैसा र ओमनी रियाल एकको खरिददर तीन सय ६० रूपैयाँ ५९ पैसा र बिक्रीदर तीन सय ६२ रूपैयाँ १५ पैसा निर्धारण भएको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE