२७ वर्षपछि नयाँ दिल्लीको सत्तामा भाजपाको पुनरागमन, रेखा गुप्ता मुख्यमन्त्री बन्दै

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीको मुख्यमन्त्री भारतीय जनता पार्टीकी रेखा गुप्ता बन्ने निश्चित भएको छ । हिजो साझ बसेको दिल्लीको भाजपा विधानसभा संसदीय दलको बैठकले गुप्तालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
त्यसअघि बैठकले दलको नेता चुन्नका लागि ओमप्रकाश धनखडलाई पर्यवेक्षक तोकेको थियो । दिल्लीको सत्तामा भाजपाको २७ वर्षपछि पुनरागमन भएको हो ।
नवनियुक्त मुख्यमन्त्रीको शपथ ग्रहण समारोह आज दिउँसो रामलीला मैदानमा हुँदैछ । मूख्यमन्त्री बन्न लागेकी गुप्ता शालिमारबागबाट विजयी भएकी हुन् ।
दिल्ली विधानसभा चुनावमा कुल ७० सिटमध्ये भाजपाले ४८ सिट जितेर सत्तामा फर्किएको हो । यसैबीच आम आदमी पार्टीका नेता अरबिन्द केजीवालले दिल्लीको विकासका लागि नयाँ मुख्यमन्त्रीलाई पूर्ण समर्थन गर्ने बताएको सञ्चारमाध्यमले जनाएका छन् ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE