अन्तर्राष्ट्रिय वुमन्स च्याम्पियनसिप अन्तर्गत आज दुई खेल,फाइनल पुग्ने लक्ष्यमा नेपाल

काठमाडौं । अन्तर्राष्ट्रिय वुमन्स च्याम्पियनसिप अन्तर्गत आज दुई खेल हुँदैछ । घरेलु भूमिमा भइहेको पहिलो खेल दिउँसो २ बजे म्यानमार र कीर्गिस्तानबीच हुनेछ भने साँझ ६ बजे हुने दोस्रो खेलमा नेपाल र लेबनान बीच प्रतिस्पर्धा हुँदै छ ।
म्यानमार र नेपालले आफ्नो पहिलो खेल जितेका थिए । त्यसैले दोस्रो खेलमा पनि जितलाई निरन्तरता दिने लक्ष्य छ । नेपाल पनि दोस्रो खेलमा लेबनानलाई पराजित गर्दै फाइनल पुग्ने लक्ष्यमा छ ।
नेपालले पहिलो खेलमा कीर्गिस्तान विरुद्ध १–० को जित निकालेको थियो । म्यानमारले भने लेबनानलाई ३–१ ले पराजित गरेको थियो । त्यसैले बिहीबार नेपाल र म्यानमार दुवै विजयी भएमा अन्तिम खेल खेल्नुअघि नै फाइनल पुग्नेछन् ।
अझ म्यानमार र कीर्गिस्तानको खेल दिउँसो हुने भएकोले त्यस खेलको नतिजापछि नेपालले फाइनल पुग्न कस्तो नतिजा ल्याउनुपर्नेछ थाहा हुनेछ ।
हाल खेलिरहेका चार टोलीमध्ये वरियतामा सबैभन्दा तल लेबनान छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE