बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

भृकुटीमण्डपमा १० औं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी शुरु (तस्बिरहरु)

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा १० औं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी शुरु भएको छ । बिहीवारबाट शुरु भएको प्रदर्शनी फागुन ११ गतेसम्म सञ्चालन हुनेछ । प्रदर्शनीमा विभिन्न देशका ३ सय भन्दा बढी कम्पनीहरुका १५० बढी स्टल रहेको आयोजक संस्था मिडिया स्पेश सोलुसन्स प्रा.लि.का प्रवन्ध निर्देशक सिर्जल भट्टराईले बताए । प्रदर्शनीमा निर्माण सम्बन्धि उद्योग, कम्पनी, डिलर तथा सब डिलरहरु र विक्रेताहरुले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी लिन पाउने उनको भनाइ छ ।

उनकाअनुसार निर्माण क्षेत्रमा आएका नयाँ—नयाँ प्रविधिको बारेमा जानकारी गराउने उद्देश्यले प्रदर्शनी शुरु गरिएको हो । अन्तर्राष्ट्रिय प्रदर्शनीमा कन्स्ट्रक्शन मेटेरियल्स, कन्स्ट्रक्शन मेसिनरी, प्रिफ्याब स्ट्रक्चर, युपिभिसी विन्डोज मेसिनरी, युपिभिसि प्रोफाइल, डोर्स एण्ड विन्डोज, आर्किटेक्चर हार्डवेयर,बाथरुम फिटिङ्स, पाइप, टायल्स एण्ड स्यानिटरी वायर, रफिङ, प्रि इन्जिनियरिङ बिल्डिङ, पावर टुल्स, विन्डोज लगायतका सामाग्रीहरु रहेका छन् ।

मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरएक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लि.ले संयुक्त रुपमा आयोजना गरेको प्रदर्शनीले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरु र नविनतम प्रविधि प्रमुख आकर्षण हुने विश्वास लिएको प्रवन्ध निर्देशक भट्टराईले बताए । उनले प्रदर्शनी बहान १० बजेदेखि बेलुका ६ बजेसम्म हुने र ४ दिन सञ्चालन हुने जानकारी दिए । प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको र ४ दिनमा ४५ हजार जनाले अवलोकन गर्ने विश्वास लिएको बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x