३० आश्विन २०८३, शुक्रबार

आज बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

0
Shares


काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । कारोबार साताको अघिल्लो अन्तिम दिन शुक्रबारको तुलनामा आज आइतबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज सुनको मूल्य तोलाको १ लाख ७० हजार ३०० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घढेको छ । चाँदी प्रतितोला १ हजार ९७० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ९९० रुपैयाँमा कारोबार भएको थियो ।