सडक दुर्घटना निम्त्याइरहेका बाटो काट्ने बटुवाहरु (फोटो फिचर)

काठमाडौं । प्रायः काठमाडौं उपत्यकाका सडकमा बाटो काट्नका लागि पुल बनाइएको हुन्छ । पुल नभएका ठाउँमा जेब्रा क्रसिङ बनाइएको छ । अझ केही समय यता उपत्यकाका केही ठाउँहरुमा आफैँले स्विच थिचेर बाटो काट्ने (पेलिकन क्रसिङ) प्रविधि जडान गरिएको छ ।
सडकमा पैदल यात्रुलाई हुने असहजतालाई सहज बनाउन र सुरक्षित बनाउन भन्दै यो प्रविधि भित्र्याइएको हो । तर जनचेतनाको अभाव र हेलचेक्र्याँईका कारण मानिसहरु आकाशे पुल, जेब्रा क्रसिङ भन्दा बाहिरबाटै बाटो काट्ने गरेका छन् । यसले जनधनको क्षति दिनप्रतिदिन बढिरहेको देख्न सकिन्छ ।
पैदल यात्रुहरुको हेलचेक्र्याँई यतिसम्म हुन्छ की नजिकै पुल छ भनेपनि पुलबाट नभइ तलैबाट बाटो काट्ने गर्दछन् । यसले सडक दुर्घटना बढाइरहेको छ । ख्यालख्याल गर्ने प्रवृत्तिमा सुधार गरेर सुरक्षित तवरले सडक काट्ने बानी बसाल्न नसक्दा यि दुर्घटनाहरु बढ्दै गइरहेका छन् । साथै कतिपयलाई जनचेतनाको अभाव पनि छ ।
उनीहरुलाई चेतना बिस्तार गर्ने अभियान सञ्चालन गर्न जरुरी पनि छ । आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकार अनुप प्रधानले कैद गर्नुभएका जथाभावी बाटो काटिरहेका केही तस्बिरहरु ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE