बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

पश्चिम अफगानिस्तानमा बाढीबाट २१ जनाको मृत्यु, ६ जना घाइते

  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

काठमाडौं । पश्चिमी अफगानिस्तानको फराह प्रान्तमा भारी वर्षा र अचानक आएको बाढीमा कम्तिमा २१ जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएको स्थानीय अधिकारीले जनाएका छन् ।

भारी वर्षाका कारण प्रान्तको कलाका जिल्लामा बाढी आएको थियो । गत सोमवारदेखि अफगानिस्तानको अधिकांश भागमा वर्षा र हिमपात भइरहेको छ ।

अफगानिस्तानको मौसम विभागले देशका ३४ प्रान्तमध्ये ३२ वटामा हिमपात र छिटपुट वर्षासँगै अचानक आएको बाढीको पूर्वानुमान गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x