बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

बेलायतले २०२७ सम्म रक्षा खर्चलाई कुल गार्हस्थ्य उत्पादनको २.५ प्रतिशतमा पुर्‍याउने

  • 8
  •  
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares

काठमाडौं । बेलायती प्रधानमन्त्री केयर स्टारमरले देशले २०२७ सम्ममा आफ्नो रक्षा खर्चलाई कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को २।५ प्रतिशतमा पुर्‍याउने बताएका छन् ।

यस हप्ताको अन्त्यमा वाशिंगटनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटअघि संसदको तल्लो सदन हाउस अफ कमन्समा बोल्दै स्टारमरले अप्रत्याशित बयानमा यो घोषणा गरे ।

सरकारले शीतयुद्धको अन्त्य पछि रक्षा खर्चमा सबैभन्दा ठूलो दिगो वृद्धि गर्ने बताए । बेलायतको हालको रक्षा खर्च जिडिपीको लगभग २.३ प्रतिशत छ ।

प्रधानमन्त्रीले आर्थिक र वित्तीय अवस्थाको अधीनमा रहेर अर्को संसदमा बेलायतको रक्षा खर्च जिडिपीको ३ प्रतिशतमा बढ्ने पनि बताए । रक्षा खर्चमा भएको वृद्धिलाई आर्थिक सहयोग गर्न, स्टारमरले सरकारले २०२७ मा विकास सहायतामा खर्च ०.५ प्रतिशतबाट घटाएर जिडिपीको ०.३ प्रतिशतमा पुर्‍याउने बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x