अष्ट्रेलियाली समुन्द्री तट र राष्ट्रिय निकुञ्जहरूमा अपाङ्गता भएका व्यक्तिहरूको लागि अझ पहुँचयोग्य बनाउन नयाँ कोष

काठमाडौं । अष्ट्रेलियाली सरकारले देशका समुन्द्री तट र पार्कहरूलाई अपाङ्गता भएका व्यक्तिहरूको लागि अझ पहुँचयोग्य बनाउन नयाँ कोष घोषणा गरेको छ ।
सामाजिक सेवा तथा राष्ट्रिय अपाङ्गता बीमा योजना मन्त्री अमान्डा रिशवर्थले नयाँ पहुँचयोग्य अष्ट्रेलिया पहलको लागि १७.१ मिलियन अष्ट्रेलियाली डलर (१०।८ मिलियन अमेरिकी डलर) कोष उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् ।
यो पहलले अष्ट्रेलियाको समुन्द्री तट, राष्ट्रिय निकुञ्ज र खेल स्थलहरूलाई थप समावेशी बनाउन पूर्वाधार परियोजनाहरूलाई आर्थिक सहयोग गर्नेछ । वित्त पोषित हुने परियोजनाहरूमा समुन्द्री तटसहित सबै भू–भागमा यात्रा गर्नसक्ने ह्वीलचेयरहरू र अपाङ्गता भएका व्यक्तिहरूको लागि पहुँचयोग्य मार्गहरू समावेश छन् ।
सरकारले जनवरीमा देशलाई थप समावेशी बनाउन अद्यावधिक गरिएको १०–वर्षे राष्ट्रिय अपाङ्गता रणनीति शुरु गरेको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE