शनिबार, कार्तिक २३, २०८२
Saturday, November 8, 2025

एक्स्ट्राटेक ओभल स्टेडियममा फ्लड लाइटको परीक्षण सम्पन्न

  • 5
  •  
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares

काठमाडौं । रुपन्देहीको तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल स्टेडियममा जडान सम्पन्न भएको फ्लड लाइटको परीक्षण सम्पन्न भएको छ । बिहीवार राति पाँच वटै फ्लड लाइटको परीक्षण भएको हो ।

स्टेडियममा प्रवन्ध निर्देशक विनोद कुँवरले फ्लड लाइडको चेकिङ सकिएको र अब टेस्टिङ बाँकी रहेको जानकारी दिए । अब प्राविधिक पक्षहरु सुधार गरेसँगै केही दिनभित्रै टेस्टिङ सकिने बताए । निजी क्षेत्रले शुरु गरेपनि स्टेडियम सरकारकै सम्पती भएको बताए ।

विदेशमा बसेर केही सिकेर देशका लागि योगदान गरेको बताए । उनले खेलकुद जगतले देशलाई चिनाउने भन्दै त्यसका लागि आफूले प्रयास गरेको बताए । बनाउन शुरु गरेको डेढ वर्ष भएको बताउँदै डेढ वर्षमा कामहरु आफूले आँट गरेअनुसार सम्पन्न गरेको बताए । आइसिसि मापदण्डअनुसार आवश्यक कामहरु पूरा गरेको बताए ।

उनले भिआईपी बिल्डिङ निर्माणाधिन रहेको र तेस्रो तलासम्मको ढलान सम्पन्न भइसकेको जानकारी दिए । प्याराफिट बनाउने काम बाँकी रहेको बताए । उनले प्रधानमन्त्री कप एक्स्ट्राटेक ओभल स्टेडियममा हुने कुराले थप खुशी भएको बताए । अबको साढे २ वर्षभित्र २५ हजार दर्शक क्षमताको प्यारापिटसहितको स्टेडियम तयार गर्ने प्रतिवद्धता जनाए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x