शुक्रबार, कार्तिक २२, २०८२
Friday, November 7, 2025

आजको मौसम, कुन प्रदेशमा छ पानी पर्ने सम्भावना ?

  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । आज कोशी प्रदेशमा दिउँसो हिमाली पहाडी र तराई क्षेत्रमा आंंशिक बदली रहने सम्भावना रहेको छ । राति तीनै क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

मधेश प्रदेशमा दिउँसो तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । राति तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

बागमती प्रदेशमा दिउँसो हिमाली र पहाडी क्षेत्रमा आंंशिक बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । राति सबै क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

गण्डकी प्रदेशमा दिउँसो हिमाली र पहाडी क्षेत्रमा आंंशिक बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । राति भने सबै क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

लुम्बिनी प्रदेशमा दिउँसो पहाडी र तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । राति आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

कर्णाली प्रदेशमा दिउँसो हिमाली र पहाडी क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । राति हिमाली र पहाडी क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

सुदूरपश्चिम प्रदेशमा दिउँसो हिमाली, पहाडी र तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । राति तीनै क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x