शनिबार, कार्तिक २३, २०८२
Saturday, November 8, 2025

आज बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • 9
  •  
  •  
  •  
  •  
  •  
  •  
    9
    Shares

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९०० ले बढेको हो ।

महासंघले दिएको जानकारी अनुसार छापावाल सुनको मूल्य तोलाको १ लाख ७० हजार ४०० रुपैयाँ कायम छ । मंगलबार छापावाल सुन प्रतितोला १ लाख ६९ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १ हजार ९५० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ९४० रुपैयाँमा कारोबार भएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x