बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

पूर्वराजा शाहलाई प्रधानमन्त्री ओलीको चुनौतिः लोकप्रिय छु भन्ने लागेको भए चुनाव लड्नुस्

  • 56
  •  
  •  
  •  
  •  
  •  
  •  
    56
    Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको शासन गर्नका लागि निर्वाचनबाट आउन पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनौति दिएका छन् । बिहीवार महोत्तरीमा बिहीवार महोत्तरीमा ‘नेपाल पल्प एण्ड पेपर इण्डस्ट्रिज प्रा.लि.’ ले सञ्चालनमा ल्याएको कागज कारखानाको उद्घाटन गर्दै उनले पूर्वराजा शाहलाई चुनौति दिएका हुन् ।

उनले नेपाली जनताले फालेका राजतन्त्रलाई पुनः फर्काउन भन्दै नाराबाजी भइरहेको बताए । उनले मानिसहरु कुर्सीमा बस्दा राजा हुने दिन गएको जिकिर गरे । उनले लोकप्रिय लागेको भए निर्वाचनमा लड्न चुनौति दिए । छायाँ अघि सारेर नभइ आफैँ राजनीतिक दल खोलेर निवाृचन लड्न उनको चुनौति छ । अब नेपालमा जन्मिदै राजा हुने प्रणाली स्वीकार्य नहुने बताए । संविधान र लोकतन्त्रको बाटो समातेर अघि बढ्न सबैलाई खुला रहेको बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘अब हुँदाहुँदा हिजो की अस्तिको दिन हो । उहिले नेपाली जनताले फालेका राजतन्त्रलाई त्यो तन्त्र कताबाट उदिनेर, कहाँबाट उदिनेर ल्याउने हो ? ल्याएर कहाँ ल्याएर कुर्सीमा राख्छन् अरे । अनि मान्छे कुर्सीमा बस्दा राजा हुने भए त तपाईंहरु कुर्सीमा बस्नुभएको छ नि राजा हुनुभयो ? कुर्सीमा राख्दैमा होइन, संविधानको बाटो समाउनुस् । संविधानअनुसार आउनुस् । पूर्वराजा लोकप्रिय छन् भने चुनाव लड्नुस् । आउनुस् पार्टी खोल्नुस् । एउटा घोस्ट भन्छ नि छायाँ अघि सारेर होइन, आफू अघि सर्नुस् न । लोकप्रिय हुनुहुन्छ भने ठिक छ, चुनाव लड्न आउनुस् न । तपाईंलाई जहाँसुकै पनि चुनाव लड्न खुला छँदैछ नि । आउनुस् चुनाव लड्नुसु, पार्टी खोलनुस्, खोलेकै छ, त्यसलाई आफ्नो भन्नुस् । मेरो पार्टी भन्नुस् न । अलिकति टाउको निकाल्ला निकाल्ला जस्तो पनि गर्ने, अलि अफ्ठ्यारो पर्‍यो भने लुसुक्क पछाडि तानेर कछुवा तालले टाउको लुकाउने । अब यस देशमा सामन्ती राजतन्त्र, जन्मिदै राजा हुने कोही, कोहीले जुनसुकै क्षमता भएपनि रैती भएर बस्नुपर्ने यस्तो प्रणाली हुँदैन । नेपाली जनताले अबको समयमा राजतन्त्रलाई स्वीकार गर्दैनन् । राजतन्त्र मान्य हुँदैन । हाम्रो संविधानले राजतन्त्र चिन्दैन । नेपाली जनताले फालिसकेका छन् । म स्पष्ट भन्न चाहन्छु, बेकारको तनाव बढाउने काम कसैले पनि गर्न नखोज्नुस् । संविधानको बाटो, लोकतन्त्रको बाटोमा आउनुस् । सबैलाई अधिकार छ, सबै समान छन् भन्ने मान्नुस् । फेरि राजा भएर रैती बनाउँछु, फेरि दुई सय कति वर्ष, फेरि खान्छु भन्ने नसोच्नुस् । सोझा घलेहरुलाई कुद्दै जाँदा झाडीमा लुकेर अगाडि गएकालाई त्यसबेला को पुग्छ लिगलिग कोटमा उही राजा हुने थियो । यिनको संस्थाको जन्म नै शुरु भएको षड्यन्त्रबाट हो । झाडीबाट । झाडीमा लुकेर । त्यही सम्झिएको होला । झाडीबाट कुदेर आएर फुत्त कुर्सीमा बस्ने भन्ने । त्यो जमाना गए । कसैले त्यो जमाना छ भन्ने नसोचे हुन्छ । संवैधानिक लोकतान्त्रिक बाटोबाट अघि बढ्नुस् । विधिको बाटोबाट अघि बढ्नुस् । बलमिच्याईं, अराजकता र झाडीको बाटोबाट कोही सिंहासनमा बस्छु भन्ने ठानेको छ भने नेपाली जनतालाई त्यो कुरा स्वीकार्य छैन ।’

प्रधानमन्त्री ओलीले देश विकास निर्माणका कामबाट अघि बढिरहेको भन्दै दाबी गरे । उनले आफू मधेसबिरोधी नभएकोसमेत बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x