बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

काठमाडौंमा बालबालिकाहरुको आश्रयस्थलमा टिपर छिर्दा तीन जनाको मृत्यु

काठमाडौं। काठमाडौंको शंकरापुर नगरपालिका –६ सलम्बुटारस्थित बेवारिसे बालबालिकाहरुको आश्रयस्थलमा टिपर छिर्दा तीन जनाको मृत्यु भएको छ ।

द्वन्द्वपीडित तथा अपांग समाज नेपालले सञ्चालन गरेको आश्रयस्थलमा आज बिहान पौने ४ बजे बा २ क ६५८० नम्बरको टिपर बाटो छाडेर आश्रयस्थलको टहराभित्र छिरेको थियो ।

त्यसको ठक्करबाट दुई जना बच्चा र एक वृद्ध गरी तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुइ जना बच्चाको घटना स्थलमै र एकजना बृद्धको अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

घटना लगत्तै प्रहरीले मृतक र घाइतेलाई नेपाल मेडिकल कलेज अत्तरखेल जोरपाटी पुर्याएको र चिकित्सकले आज बिहान साढे ४ बजे मृत घोषणा गरेका थिए ।

पछि टिपरलाई डोजरको सहायताले तानेर बाहिर निकालिएको जनाइएको छ ।

उक्त टिपर चालक सिन्धुपाल्चोकका २५ वर्षीय सागर माझीलाई बौद्ध प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले घटनाको अनुसन्धान जारी रहेको जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x