बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

आज ११५औं अन्तर्राष्ट्रिय महिला दिवस,विभिन्न कार्यक्रमका साथ मनाइँदै

  • 16
  •  
  •  
  •  
  •  
  •  
  •  
    16
    Shares

काठमाडौं । आज ११५औं अन्तर्राष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सबै महिला तथा बालिकाका लागि  अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ मनाउन लागेको हो । विश्वभरि विभिन्न क्षेत्रमा कार्यरत महिलाको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धि स्मरण गर्दै महिलाको प्रविधिमा पहुँचको विस्तार गर्ने, महिला सशक्तिकरण अभिवृद्धि गर्ने, लैङ्गिक असमानता र हिंसाजन्य क्रियाकलाप निर्मूल गर्ने यस दिवसले लक्ष्य राखेको छ ।

यस्तै महिलालाई शिक्षित र आत्मनिर्भर बनाउने एवम् उचित सम्मान गर्नेलगायतका उद्देश्य पनि यस दिवसको रहेको छ । नेपालको संविधानले कुनै पनि धर्म, संस्कृति, संस्कार, प्रथा, परम्परा, प्रचलन वा अन्य कुनै पनि आधारमा हुने सबै प्रकारका विभेद, शोषण र अन्यायको अन्त्य गरी सभ्य र समतामूलक समाजको निर्माण गर्ने नीति लिएको छ ।

यस्तै महिलाको हक मौलिक हकका रूपमा स्थापित गरेको छ । समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यको राजनीतिक तथा प्रशासनिक जीवनमा अर्थपूर्ण रूपमा महिलाको सहभागिता बढ्दै गएको छ । अहिले सङ्घीय संसद्मा ३४ प्रतिशत, प्रदेशसभामा ३६ दशमलव ५ र पालिकामा ४१ दशमलव १ प्रतिशत महिला जनप्रतिनिधि छन् ।

यसैगरी निजामती सेवामा अहिले झन्डै २८ प्रतिशत महिला कर्मचारीको उपस्थिति छ । सन् १९७५ देखि संयुक्त राष्ट्रसङ्घले नारी दिवस मनाउन थालेको हो । पहिलो नारी दिवसको नारा ‘विगतलाई उत्सवका रूपमा मनाउने र भविष्यको योजना बनाउने’ तय गरिएको थियो ।

सन् १९०८ को मार्च ८ मा अमेरिकामा १५ हजारभन्दा बढी महिलाले दैनिक काम गर्ने समय घटाउनुपर्ने, राम्रो तलब पाउनुपर्ने र मतदानको अधिकार दिनुपर्ने माग राख्दै प्रदर्शन गरका थिए । त्यही प्रदर्शनपछि संसारभर नै महिला अधिकारको बारेमा चर्चा हुने थालेको बताइन्छ । महिला हक र अधिकारको माग सारेर महिलालले नै सङ्घर्ष शुरू गरेको दिनको स्मरणमा यो दिवस मनाइन्छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x