बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

तुल्सी थापाको अध्यक्षतामा महिला अधिकार तथा विकास केन्द्रको सात सदस्यीय समिति चयन

  • 65
  •  
  •  
  •  
  •  
  •  
  •  
    65
    Shares

काठमाडौं । महिला अधिकार तथा विकास केन्द्रले तुल्सी थापाको अध्यक्षतामा सात सदस्यीय समिति पाएको छ । केन्द्रको काठमाडौंमा सम्पन्न १६ औं वार्षिक साधारण सभाबाट सो समिति चयन भएको हो ।

शुक्रबार सम्पन्न भएको साधारणसभाबाट अध्यक्षमा थापाका साथै उमा भण्डारी उपाध्यक्ष, जुलीकुमारी महतो सचिव, माया भण्डारी सहसचिव, तिलकुमारी पाण्डे कोषाध्यक्ष तथा सपना आचार्य र विपना अर्याल सदस्यमा चयन भएका छन् । सो संस्थामा १७ जना साधारण सदस्य रहेकोमा कार्यसमितिको सिफारिसमा ११ जना नयाँ साधारण सदस्यहरुको नामसमेत साधारण सभाले अनुमोदन गरेको छ ।

नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन अधिकृत शान्ता खनालले सपथ खुवाएकी थिइन् । निर्वाचित कार्यसमितिलाई पूर्व कृषि तथा पशुपंक्षी मन्त्री शान्ता मानवी, महिला लघुवित्त वित्तीय संस्था लिमिटेडकी अध्यक्ष तारा कुँवर र प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद न्यौपानेले सफल कार्यकालको लागि शुभकामना दिएका थिए । शुभकामना मन्तव्यका क्रममा प्रमुख कार्यकारी अधिकृत न्यौपानेले महिला अधिकार तथा विकास केन्द्र महिला लघुवित्त वित्तीय संस्थाको अभिभावकको रुपमा रहेको र यी दुवै संस्थालाई राष्ट्रव्यापी बनाउन अहम भूमिका खेल्नुपर्नेमा जोड दिए ।

११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा अधिकारकर्मीहरुले आफ्नो अधिकारका लागि महिला आफैले लड्नुपर्नेमा जोड दिए । उनीहरुले संघर्षबाट विगतभन्दा धेरै अधिकार प्राप्त भएपनि त्यो प्रयाप्त नभएको बताएका हुन् । महिलाका लागि पटक–पटक भएका आन्दोलनले धेरै सपना बाढेपनि त्यो पूरा हुन नसकेको गुनासो अधिकारकर्मीको छ । महिलाले महिलाको खुट्टा तान्नुपर्ने प्रबृत्तिको अन्त्य गरेर एक आपसमा सहयोगी भावनाबाट काम गर्नुपर्नेमा वक्ताहरुले जोड दिएका थिए ।

सहभागिहरुले राजनीतिक, सांस्कृतिक र आर्थीक रुपमा महिला पुरुषमा समानताको जोडले परिवर्तन भएको बताएका थिए । अझै पनि राजनीतिक दलले महिलाहरुको अस्तीत्व सहज रुपमा स्वीकार्न नसकेकोले आवाज भने उठाइरहनुपर्ने अधिकारकर्मीको सुझाव थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x