बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

महिला, बालबालिका, हत्या, हिंसा, बलात्कारका विषयमा सभामा उठेका प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ

  • 33
  •  
  •  
  •  
  •  
  •  
  •  
    33
    Shares

काठमाडौं । राष्ट्रिय सभाले महिला, बालबालिका, हत्या, हिंसा, बलात्कारका विषयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गरेको छ ।सभाको तर्फबाट आईतवारको बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले शुन्य र विशेष समयमा सांसदहरुले सभाको बैठकमा उठाएका महिला, बालबालिका, हत्या, हिंसा, बलात्कार लगायतका विषयमा जवाफ दिन सरकारलाई रुलिङ गरेका हुन् ।

बैठकमा अध्यक्ष दाहालले शिक्षकहरुको आन्दोलन, स्वर्गद्वारी गुठीका समस्या, दलित, आदिवासी, जनजाति, किसानका समस्या, सुशासन, सेवा प्रवाह लगायतका समसामयिक विषयमा गम्भीरतापूर्वक ध्यानाकर्षण गराउँदै राष्ट्रिय सभाको नियमावलीले तोकेको समयावधि भित्र सभामा आइ जवाफ दिन नेपाल सरकार र सम्बन्धित मन्त्रीहरुलाई आग्रह गरे ।

उनले भने, ‘११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा साथै शुन्य समय र विशेष समयमा मान्य सदस्यहरुले आफ्ना भनाइ राख्ने क्रममा उठाउनुभएका महिला, बालबालिका, हत्या, हिंसा, बलात्कार लगायतका विषय, शिक्षकहरुको आन्दोलन, स्वर्गद्वारी गुठीका समस्या, दलित, आदिवासी, जनजाति, किसानका समस्या, सुशासन, सेवा प्रवाह लगायतका समसामयिक विषयमा गम्भीरतापूर्वक ध्यानाकर्षण गराउँदै राष्ट्रिय सभाको नियमावलीले तोकेको समयावधि भित्र सभामा आइ जवाफ दिन नेपाल सरकार र सम्बन्धित मन्त्रीहरुलाई आग्रह गर्दछु ।’

राष्ट्रिय सभाको अर्को बैठक चैत्र ४ गते सोमवार सवा १ बजे बस्नेगरी स्थगित भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x