बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

सरकारको दुई तिहाईको घोडा विचौलियाहरुले चलाइरहेका छन्ः अध्यक्ष दाहाल

  • 17
  •  
  •  
  •  
  •  
  •  
  •  
    17
    Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)०का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार प्रधानमन्त्री र मन्त्रीहरुले नभई विचौलियाहरुले चलाइरहेको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सरकारका सबै नियुक्ति र निर्णयमा बिचौलियाहरुको हस्तक्षेप रहेको बताएका हुन् ।

उनले पछिल्लो आठ महिनामा विचौलियाको प्रभावबिना गरेका निर्णय र नियुक्ति देखाउन सरकारलाई चुनौति समेत दिए । अध्यक्ष दाहालले वर्तमान सरकारको ड्राईभिङ सिटमै विचौलिया रहेको आरोप लगाए ।

उनले भने, ‘सरकारको दुई तिहाईको घोडा सरकारका प्रधानमन्त्री र मन्त्रीहरुले चलाएको मैले चाहीँ देखेको छैन । त्यो घोडा बिचौलियाहरुले चलाएका छन् । तपाईहरुले गर्ने नियुक्ति, तपाईहरुले गर्ने सेटिङ तपाईहरुले गरेको मैले त देख्दिन ति त विचौलियाहरुले उनीहरुले निर्णय गरेअनुसार भएको देखेको छु । म चुनौतीका साथ भन्न चाहन्छु पछिल्लो आठ महिनामा एउटै नियुक्ति, एउटै, नीति र एउटै निर्णय मलाई भनिदिनुस् जसका पछाडि बिचौलिया छैन । जम्मा एउटा उदाहरण दिएमात्र हुन्छ । सत्ताको ड्राइभिङ सिटमै विचौलिया छ ।’

उनले वर्तमान सरकार संसदको बलमिच्याँइ र संविधानको अपहेलनाबाट बनेको आरोप समेत लगाए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x