बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

समाजवादी मोर्चाले अगामी चैत १५ गते काठमाडौंमा विरोध सभा गर्ने

  • 27
  •  
  •  
  •  
  •  
  •  
  •  
    27
    Shares

काठमाडौं । समाजवादी मोर्चाले अगामी चैत १५ गते काठमाडौंमा गणतन्त्रको पक्षमा प्रदर्शन गर्ने निर्णय गरेको छ । आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी)को पार्टी कार्यालयमा बसेको मोर्चाको बैठकले चैत १५ गते गणतन्त्रको पक्षमा एवं प्रतिगामी हर्कतहरुका विरुद्ध संयुक्त विरोधसभा गर्ने निर्णय गरेको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले बताए ।

उनकाअनुसार आउँदो चैत १ गते बिहान मोर्चाको बैठक बस्ने र दिउँसो पत्रकार सम्मलेनको आयोजना गर्दै जनतामा गणतन्त्र विरोधी कदमको विरोध गर्न आह्वान गर्ने निर्णय समेत भएको छ । उनले बैठकले देशको पछिल्लो राजनीतिक परिस्थितिबारे गम्भिर विश्लेषण गरेर वस्तुगत निष्कर्ष निकालेको बताए । मुलुकमा अलोकतान्त्रिक घट्नाक्रमहरु घटाउने कुचेष्टा र नेपाली जनताको पटक पटकको बलिदानीबाट प्राप्त गणतन्त्रका विरुद्ध गम्भिर षड्यन्त्र शुरु निष्कर्ष समेत बैठकले निकाले उनले बताए ।

उनले भने, ‘देशलाई प्रतिगमनतिर लागे जुन हर्कतहरु चलिरहेका छन्, यो नेपाली जनताको निम्ति स्विकार्य छैन । र नेपाली जनताको साझा भावना र उद्देश्यको प्र्रतिनिधित्व गरिरहेको समाजवादी मोर्चाको लागि यो सह्य छैन । नेपालका कम्युनिष्ट र वामपन्थीहरुका निम्ति यो सह्य छैन । यो प्रतिक्रान्ती हर्कत भनेको नेपाली जनताको दुर्दशा निम्त्याउने, देशलाई अशान्तीतिर धकेल्ने र देशलाई फेरि भड्कालोमा हाल्ने कदका रुपमा आउन थालेको छ । अगामि चैत्र १ गते बिहान नेपालका सबै बुद्धिजिवीहरुसँग एउटा परामर्श र छलफल कार्यक्रम तय भएको छ । त्यही दिन दिउँसो ३ बजे मोर्चाले पत्रकार सम्मेलन गरेर आम जनतालाई अपिल गर्ने दोस्रो निर्णय भएको छ । अगामि चैत्र १५ गते काठमाडौंमा गणतन्त्रको पक्षमा र प्रतिगामी हर्कतको खिलापमा काठमाडौं विरोध सभा आयोजना गर्ने निर्णय गरिएको छ ।’

उनले संविधान र लोकतन्त्र विरोधी कामहरु वामपन्थी र कम्युनिष्टहरुको लागि सह्य नभएको समेत बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x