बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

गलत रकम लेखिएकै आधारमा चेक अनादरको मुद्दा दर्ता हुँदैनः उपाध्यक्ष श्रेष्ठ

  • 29
  •  
  •  
  •  
  •  
  •  
  •  
    29
    Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले चेकमा गलत रकम लेखेकै आधारमा चेक अनादरको मुद्दा दर्ता नहुने बताएका छन् ।बुधवार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा उहाँले यस्तो बताएका हुन् ।

उनले चेकमा गलत रकम लेखिएको छ भने सच्याउनका लागि समय तोकिएको बताए । गल्ती भएका चेक ३० दिनभित्र सच्याउनुपर्ने कानूनी व्यवस्था रहेको उनको भनाइ छ ।

उनले भने, ‘चेकमा गलत एमाउन्ट लेखेकै कारणले चेक अनादरमा पर्दैन । चेक अनादर दर्ता हुनलाई ३० दिनको जो समय छ त्यो कुराले काउन्ट गर्छ । त्यसकारण गल्ती छ भने त्यो समयमा सँच्चिहाल्छ ।’

उपाध्यक्ष श्रेष्ठले चेक अनादरमा जरिबाना गर्ने नगर्ने लगायतका विषयमा कानूनी व्यवस्था भइसकेको बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x