सुनको मूल्यले फेरि बनायो नयाँ कीर्तिमान, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ कीर्तिमान बनाएको छ । कारोबार साताको अन्तिम दिनमा आइपुग्दा आज शुक्रबार सुनको मूल्य अहिलेसम्मकै उच्च भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज एकै दिन तोलाामा ४ हजार बढेको छ । जसले गर्दा आज सुनको मूल्य प्रतितोलाा १ लाख ७४ हजार ५०० पुगेको छ ।
चाँदीको मूल्य पनि हालसम्मकै उच्च कायम भएको छ । चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार ५० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला दुई हजार रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य तोलामा ५० रूपैयाँ बढेको छ । अघिल्लो बुधबार दुई हजार रूपैयाँ प्रतितोला रहेको चाँदीको मूल्य ५० रूपैयाँ वृद्धि हुँदै दुई हजार ५० रूपैयाँ कायम भएको महासंघले जनाएको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE