मिन प्रकाश ओलीको ‘हुने कैले होइन हजुर’ मा भ्रष्ट राजनीति र गरिबीको कथा (भिडियो)

काठमाडौं । गायक तथा संगीतकार मिन प्रकाश ओलीले देशको वास्तविकता झल्काउने ‘हुने कैले होइन हजुर’ बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् । देशको पछिल्लो राजनीतिक चरित्रको कारण जनतामा व्याप्त गरिबी र निरासाको कारण युवाहरु खाँडी भासिनु पर्ने र पारिवारिक बिग्रहसमेत निम्त्याउने वास्तविकतामा आधारित रहेर ओलीले उक्त गीतको भिडियो सार्वजनिक गरेका हुन् ।
अडियो ओली स्वयम्को शब्द, संगीत र स्वर रहेको छ । एम सुनारको एरेञ्ज रहेको गीत ५ मिनेट ५२ सेकेण्डको रहेको छ ।
उक्त गीतको भिडियोमा बाबुराम सुनार, आशा विश्वकर्मा, रामचन्द्र कुशारी, प्रमसागर खत्री, लवकुश, स्वरुप पाठक र जगदिशले विभिन्न चरित्रमा रहेर अभिनय गरेका छन् भने दुर्गा श्रेष्ठले खिचेको भिडियोलाई गायक तथा संगीतकार ओली स्वयम्ले निर्देशन र नबिन क्षेत्रीले सम्पादन गरेका छन् । भिडियो जानकी म्युजिकको युट्युवबाट सार्वजनिक गरिएको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE