३० आश्विन २०८३, शुक्रबार

१७ औं भागमा पुग्यो टेलिचलचित्र ‘मेरो गाउँ’ (भिडियो)

0
Shares


काठमाडौं । सामाजिक विषयवस्तुमा आधारित रहेर निर्माण गरिएको टेलिचलचित्र ‘मेरो गाउँ’ प्रसारणको १७ औं भागमा पुगेको छ । मेरो गाउँ अफिसियलको प्रस्तुतिमा बागमती टेलिभिजनमा प्रसारण भइरहेको यस टेलिचलचित्रको १७ औं भाग पुगेको हो ।

टेलिचलचित्रमा धनबहादुर तामाङ (सागर)को लेखन तथा निर्देशनमा यो टेलिचलचित्रको निर्माण भइरहेको छ । टेलिचलचित्रमा बढ्दो शहर तथा बिदेशप्रतिको मोहलाई घटाउँदै आफ्नो गाउँमै बसेर गाउँमै प्रगति गर्न सकिन्छ भन्ने सन्देश दिन खोजिएको छ ।

यस टेचिलचित्रमा धुर्वसिंह तामाङ, दिया तामाङ, कल्पना तामाङ, गोम्बो दोर्जे लो, विरमान तामाङ, सारदा लामा, दुर्गा प्रसाद खनाल (सिद्धार्थ), अनुष्का न्यौपाने, कृष्णबहादुर तामाङ, शुकबहादुर लामा, हस्त गोले, सुष्मा रसाईंली, विवेक चौधरी र सुधा बस्नेत लगायतका कलाकारहरुको अभिनय रहेको छ । त्यसैगरी कमल फुयालको छायाँकन र सम्पादन रहेको छ ।