बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

‘एनसेल फर बिजनेस बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ चैत्र २३ मा हुने

  • 4
  •  
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares

काठमाडौं । ‘एनसेल फर बिजनेस बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ चैत्र २३ गते काठमाडौंमा हुने भएको छ । सोमवार काठमाडौंमा बाह्रखरी मिडडियाले पत्रकार सम्मेलन गरेर यसबारेमा जानकारी गराएको हो ।

चैत्र २३ गते काठमाडौंको गोकर्ण फरेस्ट रिसोर्टको गल्फ कोर्समा प्रतियोगिता हुने बताइएको छ । व्यावसायिक र आर्थिक क्षेत्रका अग्रणीलाई गल्फ खेलमा प्रष्स्पिर्धा गराउँदै देशको आर्थिक अभिवृद्धिका लागि वैचारिक बहसमा संलग्न गराउने उद्देश्यका साथ बाह्रखरी मिडियाले वार्षिक रूपमा आयोजना गर्दै आएको ‘कर्पोरेट गल्फ’ प्रतियोगिता यस वर्ष आठौं संस्करणमा प्रवेश गरेको जनाएको छ ।

गल्फ खेललाई समृद्धहरूको मनोरञ्जनको माध्यम मात्र नबनाएर यस खेलमा बढीभन्दा बढी व्यावसायिक व्यक्तित्वको प्रतिनिधित्व बढाउने र सोही समूहले देशका राजनीतिक, सामाजिक र नीतिगत नेतृत्व तहमा रहेकाहरूसँग अर्थतन्त्रको चिन्तन गर्ने ‘एनसेल फर बिजनेस बाह्रखरी गल्फ तथा इकोनोमिक सिम्पोजियम’ चैत २३ गते काठमाडौंको गोकर्ण फरेस्ट रिसोर्टमा सम्पन्न हुने जानकारी आयोजकले दिएको छ ।

कार्यक्रममा स्वदेशी तथा विदेशी गरी करिव १ सय २० जना कर्पोरेट गल्फरको सहभागिता रहने बताइएको छ । भारत, अमेरिका, चीन, सिंगापुर, श्रीलंकाका गल्फरले पनि प्रतियोगितामा सहभागिता जनाउनेछन् । साथै नेपालस्थित विदेशी नियोगका प्रतिनिधि पनि गल्फ प्रतियोगितामा सहभागी हुने आयोजकको भनाइ ५ ।

काठमाडौंसहित पोखरा, धरान, चितवन, बुटवल, नेपालगञ्जलगायत क्षेत्रका कर्पोरेट गल्फर, न्यायाधीश र केही सरकारी उच्च अधिकारीले पनि प्रतियोगितामा सहभागिता जनाउने पनि आयोजकको विश्वास छ । कर्पोरेट गल्फ प्रतियोगिताको उद्घाटन बिहान ८ बजे हुने र गल्फ प्रतियोगितालगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आर्थिक परिसंवाद’मा विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको बताइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x