बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

काठमाडौं उपत्यकाका १३ क्याम्पसको स्ववियु निर्वाचन, कहाँ कसले जित्यो ?

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं । मंगलबार भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को मतपरिणाम सार्वजनिक भइरहेको छ । यसैक्रममा काठमाडौं उपत्यकाका १३ वटा क्याम्पसको मत परिणाम सार्वजनिक भएको छ ।

हालसम्म सार्वजनिक भएको मत परिणाम अनुसार नेविसंघबाट थापाथली इन्जिनयरिङ क्याम्पसमा प्रल्हाद खड्का, महारजगन्ज नर्सिङ क्याम्पसमा विन्दु पोखरेल, आयुर्वेद क्याम्पसमा निशाान अर्याल र थापाथली इन्जिनियरिङ क्याम्पसमा प्रह्लाद खड्का विजयी भएका छन् ।

त्यसैगरी, अनेरास्ववियुबाट नेपाल कमर्श क्याम्पसमा विशाल रोकाहा, महेन्द्ररत्न क्याम्पस ताहाचलमा ईश्वर थापा र ललितकला क्याम्पसमा आशिष पौडेल विजयी भएका छन् ।

त्यस्तै, अखिल क्रान्तिकारी ५ क्याम्पसमा जित निकाल्न सफल भएको छ । अखिल क्रान्तिकारी बाट बानेश्वर क्याम्पसमा भूमिराज अधिकारी, जप्रशासन क्याम्पसमा अनिकेत तिवारी, सानोठिमी क्याम्पसमा नन्द्रसिंह ठगुन्ना, काठमाडौं इन्जिनियरिङ कलेज कालिमाटीमा अपार पराजुली र जनकपुर इन्जिनियरिङ कलेज भक्तपुरमा प्रकाश पुडासैनी विजयी भएका छन् ।

पुल्चोक इन्जिनयरिङ क्याम्पसमा स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठ विजयी भएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x