यस्तो भयो फेयर एक्स्प्रेस इन्टरनेशनल एजुकेशन अवार्ड –२०८१

काठमाडौं । फेयर एक्प्रेस मासिक पत्रिकाको आयोजनामा फेयर एक्स्प्रेस इन्टरनेशनल एजुकेशन अवार्ड २०८१ सम्पन्न भएको छ । काठमाडौंमा आज सम्पन्न एक औपचारिक कार्यक्रमबीच विभिन्न ६ जना शैक्षिक व्यक्तित्वलाई सम्मानसहित उत्कृष्ट शैक्षिक संस्थाहरु पुरस्कृत गरेर उक्त अवार्ड कार्यक्रम सम्पन्न गरिएको हो ।
समारोहमा “नेपालमा गुणस्तरीय शिक्षा सम्भव छ” भन्ने घोषणासमेत गरिएको छ । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव, शिक्षा, स्वास्थ तथा सूचना प्रविधि संसदीय समितिका सभापति अम्बर बहादुर थापा, शिक्षाविद् विद्यानाथ कोइराला, राष्ट्रिय परीक्षा वोर्डका अध्यक्ष महाश्रम शर्मा, पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द खनाल तथा चलचित्र विकास वोर्डका अध्यक्ष दिनेश डिसिले नेपालमा गुणस्तरीय शिक्षा सम्भव छ लेखिएको पम्पेल्टको प्रदर्शन गरी उक्त घोषणा गरेका हुन् ।
घोषणापश्चात् पूर्व राष्ट्रपति रामवरण यादवले आफु जन्मदा राणा शासन, हुर्कदा पञ्चायतको प्रतिगमन रहेको अवस्थामा समयभन्दा आफ्नो गाउँमा विद्यालय नभएकोमा अहिले धेरै परिवर्तन भएको अनुभव सुनाए । यादवले आजको समयमा फर्केर हेर्दा राष्ट्रपति हुँदा धेरै विद्यालयको स्वर्ण जयन्ती मनाएकोले २००७ साल, २०४६ साल र २०६२÷०६३ सालपछि शिक्षामा धेरै परिवर्तन भएको संख्यात्मक बढेकोले अब गुणात्मकतातर्फ ध्यान दिनुपर्ने बताए । देशमा केही शिक्षालय राम्रो भएपनि देशभरका सबै शैक्षिक संस्था राम्रो बनाउनुपर्नेमा यादवको जोड थियो ।
अहिले गाउँगाउँमा स्कुल कलेज खुलेको र गुणस्तरीय बनाउँदै नियमन गर्नुपर्ने, नयाँ शिक्षा विधेयकमा सातै प्रदेशका हरेक शैक्षिक सरोकारवालाहरुसँग सुझाव लिएर विधेयक पास गर्नुपर्ने र शिक्षा क्षेत्रमा विधेयककै कारण आन्दोलन भएकोले यसलाई सम्बोधन गर्नुपर्ने यादवले बताए ।
यादवले भने, “अहिलेको नेपालका बालबालिकाले दुनियाँको विषयमा धेरै बुझेको तर देशको बारेमा कम बुझेका देखिन्छ । देशको राजनीतिक इतिहासको विषयमा धेरै बालबालिकाले दुइ पेजले लेख्न नसक्ने अवस्था छ । यसको दोष बालबालिकाहरुलाई मात्रै होइन राज्यलाई दिनुपर्छ । अवको समयमा राज्यले विद्यालय शिक्षामा रहेको सामाजिक विषयमा भूगोल, इतिहास, राजनीति, इतिहासका विषय राखिएन भने रोवोट बनेर मात्र हुँदैन । देश नबुझ्ने व्यक्ति उत्पादन गरेर देश कसरी बनाउँन सकिन्छ ।”
यादवका अनुसार नेपाल सानो नभएको, मुलुकको विविधता धेरै भएकोले ठूलो देशको बीचमा भएरमात्र सानो देखिएको हो । उनका अनुसार भारतको जस्तो विविधता छ, क्षेत्रफलका आधारमा धेरै सानो भएपनि पर्यावरणदेखी, संस्कृतिक विविधतामा हामी ठूलो छौं ।
यादवले आगाडि भने, “देशको रिसोर्स क्षमता अनुसार विकास भएको छैन । हर ठाउँमा डोजर लगाइएको छ । चुरेको जंगल समाप्त भएको छ । नदीनाला दोहन भइरहेको छ । जनप्रतिनिधिहरु क्रसर उद्योगसँग जोडिएकोले हाउसमा छलफल नै हुँदैन । हिमालको लागि तराई आधार हो । जंगल फेरी ल्याउन सकिएला, पेट्रोल किनेर ल्याउन सकिएला तर पहाड फोरिएपछि पानीको मुहान र आधार ल्याउन सकिदैंन । त्यसैले यो विषयमा शिक्षा हरेक बालबालिका र युवामा दिनुपर्छ । ”
कार्यक्रममा फेयर एक्सेप्रेस मासिक पत्रिकाको आयोजनामा शिक्षा क्षेत्रका ६ जना व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । सम्मान प्राप्त गर्नुहुनेमा भाषा आयोगका पूर्व अध्यक्ष डा. लवदेव अवस्थी, शिक्षासेवी इ. डा. मिथिलेस कुमार झा, एजुकेशनल कन्सल्टेन्सी एसोसिएसन अफ नेपाल पूर्व अध्यक्ष राजेन्द्र बराल, शिक्षाकर्मी डा. देवकान्त जोशी, शिक्षा पत्रकार समाजका पूर्व अध्यक्ष प्रकाश सिलवाल सिलवाल तथा नेपाल चेम्बर अफ कमर्शकी उपाध्यक्ष उर्मिला श्रेष्ठलाई सम्मान प्रदान गरिएको थियो ।
समारोहमा फेयर इन्टरनेशनल एजुकेशन अवार्ड २०२५ बाट ४० वटा विधामा पुरस्कार वितरण गरिएको छ । अवार्ड समारोहमा २० वटा विधामा नेपालका माध्यमिक तथा उच्च शिक्षा अध्ययन अध्यापन गराइरहेको विभिन्न शैक्षिक संस्था तथा विदेश अध्ययनका लागि सहकार्य गर्ने एजुकेशन कन्सल्टेन्सीहरुलाई विभिन्न २० विधा गरी जम्मा ४० विधामा पुरस्कृत गरिएको छ ।
पुरस्कार वितरण समारोहमा बेष्ट स्कुल इन नेपाल विधामा विश्व निकेतन माध्यमिक विद्यालय पुरस्कृत भएको छ ।
यसैगरी कक्षा १२ सम्म पठनपाठन गराइरहेका विद्यालय÷कलेजमध्ये वेष्ट प्लस टु विधामा काठमाडौं मोडल कलेज, वेष्ट साइन्स प्लस टु विधामा सेन्ट जेवियर्स कलेज, वेष्ट म्यानेजमेन्ट प्लस टु विधामा ग्लोबल कलेज अफ म्यानेजमेन्ट, इमर्जिङ प्लस टु विधामा मनास्लु वल्र्ड स्कुल, वेष्ट एकेडेमिक पफरमेन्स प्लु टु विधामा लिभरपुल इन्टरनेशनल कलेज, वेष्ट प्लस टु इन काठमाडौं भ्याली विधामा ओमेगा इन्टरनेशनल सेकेण्डरी स्कुल, वेष्ट म्यानेजमेन्ट प्लस टु इन काठमाडौं भ्याली विधामा समृद्धि स्कुल तथा वेष्ट स्कुल÷कलेज इन एजुकेशनल एक्टिभिजिटबाट भि।एस। निकेतन एजुकेशन फाउण्डेशन पुरस्कृत भएका छन् ।
समारोहमा वेष्ट म्यानेजमेन्ट कलेज विधामा शंकरदेव क्याम्पसले पुरस्कार प्राप्त गरेको छ । विश्वविद्यालय शिक्षाका अन्य विधाहरुमा वेष्ट आइटी कलेजबाट काठमाडौं वर्नहार्ट कलेज, वेष्ट हेल्थ साइन्स कलेजबाट सिआइएसटी कलेज, वेष्ट इञ्जिनियरिङ कलेज विधामा काठमाडौं इञ्जिनिरयरिङ कलेज, वेष्ट कम्युटर इञ्जिनियरिङ कलेज विधामा एडभान्स कलेज अफ इञ्जिनियरिङ एण्ड म्यानेजमेन्ट, वेष्ट इञ्जिनियरिङ, म्यानेजमेन्ट एण्ड आइटी कलेज विधामा राप्ती इञ्जिनियरिङ कलेज, वेष्ट इञ्जिनियरिङ एण्ड म्यानेजमेन्ट कलेज विधामा हिमालयन व्हाइट हाउस इन्टरनेशनल कलेज उत्कृष्ट घोषित भएका छन् ।
यसैगरी बायोमेडिकल इञ्जिनियरिङ कलेज विधामा नेशनल कलेज अफ इञ्जिनियरिङ एण्ड टेक्नोलोजी, वेष्ट हस्पिट्यालिटी, म्यानेजमेन्ट एण्ड इमर्जिङ आइटी कलेज विधामा क्वेष्ट इन्टरनेशनल कलेज, वेष्ट होटल म्यानेजमेन्ट कलेज विधामा एसियन इन्टिच्यूट अफ टेक्नोलोजी एण्ड म्यानेजमेन्ट (एआइटीएम), पायोनियर इन्टरनेशनल डिग्री कलेज विधामा लर्ड बुद्ध एजुकेशन फाउण्डेशन पुरस्कृत भएका छन् ।
विदेश अध्ययनका लागि सहकार्य गर्ने एजुकेशन कन्सल्टेन्सीहरुलाई प्रदान गरिएको विभिन्न विधाअन्तर्गत भाइव्रेन्ट एजुकेशनल एसोसिएसन अफ नेपालबाट एजुकेशनल कन्सल्टेन्सी एसोसिएसन अफ नेपाल घोषित भएको छ ।
यसैगरी वेष्ट एजुकेशन कन्सल्टेन्सी फर स्टडी अब्रोड इन नेपालमा विधामा द नेक्स्ट एजुकेशन कन्सल्टेन्सी, वेष्ट एजुकेशन कन्सल्टेन्सी फ्रम नेपाल इन ग्लोबल एरिनाबाट ग्रेस इन्टरनेशनल एजुकेशन एण्ड माइग्रेसन, वेष्ट मल्टिडेस्टिनेशन एजुकेशन कन्सल्टेन्सी इन नेपालबाट केआइइसी प्रा।लि।, वेष्ट एजुकेशन कन्सल्टेन्सी फर क्यारियर एण्ड एजुकेशन गाइडेन्सबाट अल्टिमेट कन्सल्टेन्सी एण्ड एड्भाइजरी नेटवर्क (युक्यान) वेष्ट इमर्जिङ एजुकेशन कन्सल्टेन्सी इन नेपालबाट भेड एजुकेशनल इन्टरनेशनल कन्सल्टेन्सी, वेष्ट एजुकेशन कन्सल्टेन्सी फर स्टडी इन अष्ट्रेलियाबाट कंगारु एजुकेशन फाउण्डेशन पुरस्कृत भएको छ ।
अवार्ड समारोहमा वेष्ट एजुकेशन कन्सल्टेन्सी फर स्टडी इन यूरोप विधामा फ्र्ंयाक्लिन एजुकेशन एण्ड मार्केटिङ कन्सल्टेन्सी, वेष्ट एजुकेशन कन्सल्टेन्सी फर स्टडी इन युके विधामा राइट पाथ क्यारियर काउन्सिलिङ सेन्टर, वेष्ट एजुकेशन कन्सल्टेन्सी फर स्टडी इन क्यानडा विधामा इन्टरनेशनल क्यारियर काउन्सिलिङ सेन्टर ९आइसिसिसि०, वेष्ट एजुकेशन कन्सल्टेन्सी फर स्टडी इन जापान विधामा ओपन भिजन एजुकेशन फाउण्डेशन तथा वेष्ट एजुकेशन कन्सल्टेन्सी फर स्टडी इन न्यूजिल्याण्ड विधामा एक्सेस एजुकेशन नेटवर्क उत्कृष्ट घोषित भएको छ ।
वेष्ट एजुकेशन कन्सल्टेन्सी फर स्टडी इन युएसएबाट अर्विट इन्टरनेशनल एजुकेशन, वेष्ट एजुकेशन कन्सल्टेन्सी फर स्टडी इन इन्डियाबाट इन्डो वल्र्ड एजुकेशन कन्सल्टेन्स, वेष्ट एजुकेशन कन्सल्टेन्सी फर स्टडी इन चाइनाबाट न्यूटन साइन्स काउन्सिलिङ इन्टिच्यूट, वेष्ट एजुकेशन कन्सल्टेन्सी फर स्टडी इन कोरियाबाट इंलिसर्स प्रा।लि।ले पुरस्कार प्राप्त गरेका छन् ।
बर्षको उत्कृष्ट कन्सल्टेन्सी अर्थात् कन्सल्टेन्सी अफ दि इयरबाट हब इन्टरनेशनल एजुकेशन पुरस्कृत भएको छ । यसैगरी एक्सिलेन्स इन्टरनेशनेल एजुकेशन काउन्सिलिङ विधामा सायोन इन्टरनेशनल एजुकेशनका सुधिरराज खड्का पुरस्कृत भएका छन् । समारोहमा आउटस्ट्याण्डिङ कन्ट्रिब्यूसन टु द डेभलेपमेन्ट इन युके एजुकेशन विधामा इडियु ब्रिज कन्सल्टेन्सीका योगेस क्षेत्रीले पुरस्कार प्राप्त गरेका छन् । वेष्ट एजुकेशन कन्सल्टेन्सी फर स्टडी अब्रोड एण्ड एकेडेमिक काउन्सिलिङ विधामा ओली एण्ड एसोसिएट्सलाई पुरस्कार प्रदान गरिएको छ ।
कार्यक्रममा सम्बोधन गर्दै प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि संसदीय सभापति थापाले शिक्षा भनेको ज्ञान भएकाले यसलाई प्राप्ति र उत्तरदायित्वसँग जोड्नुपर्ने बताए । नेपालमा समयानुकुल गतिलाई ख्याल गर्न नसक्नु कमजोरी भएको तथा २०२८ सालको शिक्षा ऐनभन्दा अघि शिक्षाले सर्टिफिकेटको कुरा नगरिएको तर अहिले अहिले सर्टिफिकेट मात्र हेर्ने र डिग्री बोक्नुपर्ने विषय केन्द्रित हुनु र जागिर खाने शिक्षा बनेको थापाले बताए । राज्यले डिग्री मात्र लिने प्रवृत्ति थाम्न नसकेकोले खाडीतर्फ जानुपर्ने बनाएको उनको भनाई थियो ।
सामुदायिक पढ्ने विद्यार्थी खाडी जाने र निजी शिक्षालयमा पढ्ने यूरोप, अमेरिका जाने प्रवृत्तिको अन्त्य जरुरी भएकोले समितिले नयाँ शिक्षा विधेयकमा गरिखाने वातावरण दिने शिक्षाको विषयमा ध्यान दिएको जानकारी दिए । समितिमा सुझाव लिने क्रम रहेकोले सुझावका लागि समितिमा आउन शिक्षाका सरोकारवालालाई सभापति थापाले आग्रह गरे । आफ्नो देश कसैले नबनाउने र हामी आफैंले बनाउनुपर्ने ध्यान जानुपर्ने उनको भनाई थियो ।
पूर्व सचिव तथा भाषा आयोगमा पूर्व अध्यक्ष डा. लवदेव अवस्थीले नेपालमा शिक्षाको सम्मानको हकदार नेपालको अभिभावक रहेको र विशेषगरी आमाहरु रहेकोले आफुले प्राप्त सम्मान आमाहरुमा समर्पित गरेको बताए । नेपालले धेरै काम गरेको अनुभूति हुनुपर्ने र कमजोर मुलुक हो भाष्य परिवर्तन गर्नुपर्ने थापाले बताए । अवस्थीका अनुसार दक्षिण एसियामा पछिल्लो गरेको प्रगतिलाई हीनताबोध गर्नुपर्ने अवस्था छैन । हाल एसइई परीक्षामा छात्रा, दलित र अपांगता भएका व्यक्तिहरुको उपस्थिति राम्रो भएकोले यो सकारात्मक सन्देश रहेको उनले बताए । कक्षाकोठाको आत्मियता कम भएको निरश भएकोले यसलाई रसिलो बनाउनुपर्नेमा उनले जोड दिए । देशमा सामाजिक दुरी बढेकोले यसलाई कम गर्दै पुनः जोड्नतर्फ लाग्नुपर्ने, हाम्रो मौलिक भाषाको विरासत पुनः फर्काउदैं पुर्नप्राप्तिमा ध्यान दिनुपर्ने उनको भनाई थियो ।
आयोजक संस्था फेयर एक्प्रेसका अध्यक्ष राजेन्द्र लुईटेलले विगत छ महिना पहिले आवेदन खुला गरेको सोका आधारमा पुरस्कृत छनौट गरिएको बताए । लुईटेलले प्रकृयामा आएका संघसंस्थाहरुमध्येबाट उत्कृष्ट छनौट गरी पुरस्कृत गरिएको जानकारी दिए ।
कार्यक्रमको प्रमुख प्रायोजकको रुपमा नेपाल टेलिकम तथा सहआयोजकको रुपमा इडियुसवाल रहेको फेयर एक्प्रेसका प्रधान सम्पादन विपिन पोखरेलले जानकारी दिए । कार्यक्रमले शिक्षा क्षेत्रमा नयाँ आयाम थपेको र वार्षिक रुपका कार्यक्रम आयोजना गर्ने बताए ।
कार्यक्रममा गायकहरु टि।बि शंकर, यमन श्रेष्ठसहित विभिन्न कलाकारहरुले सांगीतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE