बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

तीन दिनसम्म हल्का वर्षाको सम्भावना,आज काठमाडैंमा पनि पानि पर्ने

काठमाडौं । आजदेखि तीन दिनसम्म बादल लाग्ने र हल्का खालको पानी पर्ने सम्भावना रहेको छ ।

अरेवियन सागर हुँदै आएको पश्चिमी वायु र स्थानीय वायुको प्रभावले बादल लाग्ने, हल्का पानी पर्ने र उच्च पहाडी भूभागमा हल्का हिमपात हुने समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी र स्थानीय वायुको प्रभावले आज बिहानैदेखि बादल लागिरहेको छ ।

आज कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरू तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन–चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।

यस्तो सम्भावना तीन दिनसम्म हुने देखिएको मौसम्विद्ले जनाएका छन् ।

यस्तै उच्च पहाडी तथा हिमाली भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै आज काठमाडौंमा पनि पानी पर्ने सम्भावना छ ।

वर्षा र हिमपातका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x