बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

नेपाल बन्यो दक्षिण एसियाको सबैभन्दा खुसी देश

काठमाडौं । नेपाल दक्षिण एसियाको सबैभन्दा खुसी देशको सूचीमा पर्न सफल भएको छ ।

वल्र्ड ह्याप्पिनेस रिपोर्ट २०२५का अनुसार दक्षिण एसियाको सबैभन्दा खुसी देशमध्ये नेपाल शीर्ष स्थानमा परेको छ ।

दक्षिण एसियामा नेपाल ९२औ स्थानमा रहेको छ भने पाकिस्तान १०९औ स्थानमा रहेको डब्लूएचआरले जनाएको छ ।

यस्तै छिमेकी मुलुक भारत भने ११८औ स्थानमा रहेको छ ।

यसैगरी श्रीलंका १३३औ स्थान, चीन ६८औ स्थान, अमेरिका २४औ स्थान र बंगलादेश १३४औ स्थानमा रहेको छ ।

यस्तै, विश्वमा सबैभन्दा धेरै खुसी हुने देशको शीर्ष स्थानमा फिनल्याण्ड रहेको छ ।

यसैगरी दोस्रो स्थानमा डेनमार्क, तेस्रो स्थानमा आइसल्याण्ड, चौथौ स्थानमा स्वीडेन, पाँचौ स्थानमा नेदरल्याण्डस् रहेको रिपोर्टमा उल्लेख छ ।

सकारात्मक सोच, नकारातम्क भावना र जीवनको मुल्यांकन तथा भावनाको तुलनात्मक अध्ययन गरेर खुसी हुने देशहरुको मापन गरिएको रिपोर्टमा उल्लेख छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x