बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

राष्ट्रिय उत्पादनमा जोड दिन प्रधानमन्त्री ओलीको आग्रह

  • 11
  •  
  •  
  •  
  •  
  •  
  •  
    11
    Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय उत्पादनमा जोड दिन आग्रह गरेका छन् । शुक्रवार काठमाडौंमा आयोजित उद्योग व्यवसायी महासंघको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले उद्योग व्यवसायको स्थिति धेरै राम्रो नभएपनि राम्रोतर्फ उन्मुख भइरहेको बताए । उनले सरकारले व्यवसायसम्बन्धी नीतिहरु पनि सोहीअनुसार अघि बढाइरहेको बताए । राष्ट्रिय उत्पादनमा जोड दिँदै देशका लागि आवश्यक उपभोग्य वस्तुहरु आफैँ तयार गर्नसके र आत्मनिर्भर बन्नसके देशलाई अगाडि लैजान सकिने जिकिर गरे ।

प्रधानमन्त्री ओलीले भने, ‘उद्यम, व्यवसाय, उद्योगको व्यवसायको स्थिति धेरै राम्रो छैन । तर राम्रोतर्फ उन्मुख भएको छ । हामीले हाम्रा नीतिहरु पनि तदनुसारकै राम्रा नीतिहरु लिएर अघि बढेका छौँ । राष्ट्रिय उत्पादनमा जोड, हाम्रा आवश्यकताहरु, उपभोग्य वस्तुहरु हामी आफैँ तयार गर्नसकौँ भन्ने जोड, आत्मनिर्भरतामा देशलाई लैजान सकौँ भन्ने जोड, हाम्रो निर्याततर्फ उद्योगहरु स्थापना गरौँ, निर्यातलाई बढावा दिऔँ, त्यसमा जोड, आयात प्रतिष्थापन गरौँ । हामीले धागो, कपडा, जुत्ता, मोजा उत्पादनमा जोड दिनुपर्नेछ । पर्याप्त स्तरीय सावन उत्पादन गर्नुपर्नेछ, दन्त मञ्जन उत्पादन गर्नुपर्नेछ । बिहान उठ्नेबित्तिकै आफ्नै देशमा बनेको ब्रस, मञ्जनले मुख सफा गर्न पाउँदा कति खुशी हुन्थ्यो, त्यो पनि हाम्रो स्थिति छैन ।’

प्रधानमन्त्री ओलीले नेपालीले आफ्ना उत्पादनहरु प्रयोग गर्ने बानी बसाउनुपर्ने बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x