सरकारप्रति आक्रामक बालेन, भन्छन्ः मलाई जेल हाल
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सरकारलाई अर्को चुनौती दिएका छन् । मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै मेयर साहले सरकारलाई चुनौती दिएका हुन् ।
उनले आफ्नो स्टाटसमा पुरानो बसपार्कस्थित काठमाडौं टावर परियोजना अन्तर्गतको काठमाडौं टावरको नक्सा पास सम्बन्धमा गठित छानबिन समितिले पेश गरेको राय संलग्न राखी छोटो स्टाटस लेखेका छन् । मेयर साहले लेखेका छन्– ‘यति धेरै कानुन मिच्ने भ्रस्टाचारिलाई बचाउने सरकार अनि हामी सुशासनको कुरा चाहिँ भासणमा सुन्नु पर्ने
माथीको कुरा गलत भए मलाइ जेल हाल ।’
उनले केही घण्टा अगाडि मात्र संघीय सरकारले प्रमुख प्रशासकीय अधिकृत नपठाउनाले आफ्नो मातहतका कर्मचारीहरुले तलब खान नपाएको भन्दै एक हप्ताभित्र तलब खुवाउन नपाए टुकुचामा गाड्दिने धम्की दिएर फेसबुकमा स्टाटस लेखेका थिए ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE