बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

जलमाफियाहरुको स्वार्थ पूरा गर्दै विद्युत प्राधिकरणलाई विचौलियाहरुको हातमा सुम्पिने खेलः माओवादी

  • 12
  •  
  •  
  •  
  •  
  •  
  •  
    12
    Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले सरकारले नेपाल विद्युत प्राधिकरणलाई विचौलियाको हातमा सुम्पिनको लागि कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरेको आरोप लगाएको छ । प्रतिनिधि सभाको बुधवारको बैठकको सुरुमा बोल्दै नेकपा (माओवादी केन्द्र)का सांसद शक्ति बस्नेतले यस्तो आरोप लगाएका हुन् ।

उनले कुलमान घिसिङको बर्खास्ती वक्यौता उठाउन नदिने, जलमाफियाहरुको स्वार्थ पूरा गर्ने, विद्युत प्राधिकरणलाई विचौलियाहरुको हातमा सुम्पिने भएको आरोप लगाए । उनले वर्तमान सरकार स्वार्थ समूहको पृृष्ठपोषण र वैशाखीमा निर्माण भएकै कारण विचौलियाको हित र रक्षाको निम्ति समर्पित भएको समेत टिप्पणी गरे । सरकारले आफ्नो दुई तिहाईको सामथ्र्य एक राष्ट्रसेवक कर्मचारीको मानमर्दन गर्न, अपमानित गर्न प्रदर्शन गरिराखेको उहाँको आरोप छ ।

उनले भने, ‘सरकार स्वार्थ समूहहरुको पृष्ठपोषण र बैसाखीमा निर्मित भएको कारणले स्वार्थ समूह र विचौलियाहरुको हित र रक्षाको निम्ति आफूलाई समर्पित गर्नु सरकारको नियत र नियति बनिरहेको छ । लोकतन्त्रमा संख्या महत्वपूर्ण कुरा हो । तर संख्याका पहाडहरु जनचाहानाका सामु गल्र्याम्गुर्लम ढलेका इतिहासहरु र अनुभवहरु हाम्रै वरिपरि छन् । सरकारले यसतर्फ ध्यान दिइराखेको छैन । यतिबेला सरकारले आफ्नो दुई तिहाईको सामथ्र्य एक राष्ट्रसेवक कर्मचारीको मानमर्दन गर्न, अपमानित गर्न र एउटा सार्वजनिक संस्थामाथि आफ्नो सामथ्र्य प्रदशन गरिराखेको छ । सभामुख महोदय स्पष्टिकरणको नौटंकी कुलमान घिसिङको बर्खास्ती वक्यौता उठाउन नदिने, जलमाफियाहरुको स्वार्थ पूरा गर्ने, विद्युत प्राधिकरणलाई विचौलियाहरुको हातमा सुम्पिने खेल हो भन्ने कुरा आम जनताले बुझेका छन् । र आम जनता यस विषयमा स्पष्ट छन् ।’

सरकार एकपछि अर्को विवादित निर्णय गर्दै आफ्नो औचित्य गुमाउँदै गइरहेको उनको आरोप छ । उनले कुलमानलाई हटाइएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा जवाफ नदिएसम्म सदन चल्न नदिने घोषणा गर्दै आफ्नो अभिव्यक्ति टुंग्याए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x