बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

काठमाडौंको सुरक्षा व्यवस्था कडा, कति छन् सुरक्षाकर्मी ?

  • 4
  •  
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares

काठमाडौं । काठमाडौंका विभिन्न ठाउँमा आज हुने प्रदर्शनलाई ध्यानमा राखेर सरकारले सुरक्षाव्यवस्था कडा पार्ने भएको छ । गणतन्त्रवादी र राजतन्त्रवादीले एकै दिन काठमाडौंमा प्रदर्शन गर्ने भएपछि सरकारले सुरक्षा सतर्कता उच्च बनाएको छ । गृह मन्त्रालयले काठमाडौंमा सुरक्षा सतर्कता बढाएको बताएको छ ।

नेपाल प्रहरीका अनुसार आज काठमाडौंमा २५ सयभन्दा बढी प्रहरी परिचालन गरिनेछ । आवश्यकताअनुसार थप प्रहरी पनि परिचालन गरिने बताइएको छ ।

घुसपैठ हुन नदिन सादा पोसाकका प्रहरी समेत परिचालन गरिनेछ । भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौंको कार्यालयमा ‘कमान्ड सेन्टर’ सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।

ट्राफिक व्यवस्थापनका लागि १८ सय प्रहरी परिचालन गरिने छ । राजावादीहरूको प्रदर्शनका लागि तीनकुने र गणतन्त्रवादीहरूका लागि भृकुटीमण्डप ठाउँ तोकिएको छ । अहिले एसईई र अन्य वार्षिक परीक्षा पनि चालिरहेकाले त्यसलाई समेत मध्यनजर गरिएको बताइएको छ । कतिपय विद्यालयमा भने एसईई बाहेकका अन्य वार्षिक परीक्षा आजका लागि स्थगित गरिएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x