दुर्गा प्रसाईं मोबाइल अफ गरेर फरार, खोज्दै प्रहरी

काठमाडौं । राजावादी आन्दोलनको ‘जनकमाण्डर’ बनेका अभियन्ता दुर्गा प्रसाईं मोबाइल अफ गरेर फरार भएका छन् । शुक्रबार काठमाडौंको तीनकुनेमा आयोजित प्रदर्शनलाई उत्तेजित र हिंसात्मक बनाएका उनी त्यसै रातिबाट सम्पर्कबिहीन भएका हुन् ।
शुक्रबारको प्रदर्शनको क्रममा तीनकुनेमा दुई जनाको ज्यन गएपछि उक्त प्रदर्शनको चर्को आलोचना भइरहेको छ । त्यस लगत्तै प्रहरीले प्रसाईको खोजी तीब्र पारेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले दिएको जानकारी अनसार प्रसाईंलाई खोजी गर्ने कार्य जारी रहेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोली प्रसाईंलाई पक्राउ गर्न खटिएको छ । सामाजिक सञ्जाल फेसबुकमा प्रहरीले जहाँ भन्छ त्यहीँ आउने बताएका प्रसाईं मोबाइल स्वीचअफ गरेर फरार छन् ।
राप्रपाका नेताद्वय रवीन्द्र मिश्र र धवलशमशेर जबरा तथा स्वागत नेपाल भने पक्राउ परेका छन् । शुक्रबार काठमाडौंको तीनकुनेमा उपस्थित भएर हिंसात्मक आन्दोलन गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।
राजसंस्था पुनःस्थापना संघर्ष समितिका संयोजक नवराज सुवेदीलाई घरमै नजरबन्दमा राखिएको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE