पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षा टोली परिवर्तन

काठमाडौं । गृह मन्त्रालयले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षा टोली परिवर्तन गरेको छ । पूर्वराजा ज्ञानेन्द्रको निर्मल निवासमा सशस्त्र प्रहरी बलको कार्यदलबाट २५ जनाको टोली खटिँदै आएको थियो ।
त्यहाँ सशस्त्र प्रहरी बलका डिएसपी जगदिश हमालको नेतृत्वमा टोली थियो । उक्त टोलीलाई हटाएर अहिले डिएसपी प्रमोद प्रकाश पाठकको कमान्डमा १६ जनाको टोली पठाएको स्रोतले जनाएको छ ।
भिभिआइपीलाई दिने सुरक्षा नीति अनुसार १६ जना सुरक्षाकर्मी खटाइन्छ । तर निर्मल निवासमा २५ जना खटिँदै आएका थिए । अब भने नीति अनुसारै १६ जना खटाइएको स्रोतले जनाएको छ ।
शुक्रबार काठमाडौंको तीनकुनेमा राजावादीहरूको प्रदर्शन भएको थियो । प्रदर्शन उग्र बन्दा दुई जनाको ज्यान समेत गयो । पूर्वराजा ज्ञानेन्द्रलाई भेटेपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं प्रदर्शनको कमान्डर बनेका थिए । उनकै नेतृत्वमा आन्दोलन भएको थियो । प्रहरीले उनलाई पक्राउ गर्न खोजिरहे पनि प्रसाई फरार भएका छन् ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE