शनिबार, कार्तिक २३, २०८२
Saturday, November 8, 2025

समाजवादी मोर्चाले भन्योः राजावादीको आन्दोलन जंगली चरित्रको, खतराप्रति जनता परिचालन गर्ने

  • 32
  •  
  •  
  •  
  •  
  •  
  •  
    32
    Shares

काठमाडौं । समाजवादी मोर्चाले चैत्र १५ गते राजावादीहरुले गरेको आन्दोलन जंगली चरित्रको भएको निस्कर्ष निकालेको छ । सोमवार नेकपा (माओवादी केन्द्र) को केन्द्रिय कार्यालयमा बसेको समाजवादी मोर्चाको बैठकले चैत्र १५ गतेको राजावादीहरुको आन्दोलन आततायी र जंगली चरित्रको रहेको निस्कर्ष निकालेको हो ।

बैठकले १५ गतेकै सामजवादी मोर्चाको कार्यक्रम भने शालिन र सशक्त भएको दाबी गरेको छ । साथै समाजवादी मोर्चाको उक्त कार्यक्रमले नै गणतन्त्रको रक्षाको मोर्चा सशक्त भएको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले बताए । उनले राजावादीहरुको क्रियाकलाप पूर्ण रुपमा नियन्त्रण गर्न अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने निर्णय भएको बताए ।

समाजवादी मोर्चाले घटनामा संलग्न भएका र डिजाइनकर्ताहरुलाई कारबाही गर्न सरकारसँग माग गर्ने निर्णय गरेको छ । तीनकुने घटनामा भएका क्षतिपूर्ति सरकारले योजनाकारसँग असुल गरेर तिराउनुपर्ने निर्णय गरेको छ । राजावादीहरुको क्रियाकलाप पूर्ण रुपमा नियन्त्रण गर्न अन्तरक्रिया कार्यक्रमको आयोजना गर्नुपर्ने माग गरेको छ । जनतालाई जागरुक गरेर खतराप्रति सचेत गरी जनता परिचालन गर्ने योजना सोच्नुपर्ने निस्कर्ष निकालेको छ । नेपालका युवालाई संगठित रुपमा अघि बढाएर रक्षकको रुपमा अघि सार्नुपर्ने निर्णय भएको बताए ।

उनले भने, ‘चैत्र १५ गतेको समाजवादीहरुको आन्दोलनले के देखाएको छ भने आन्दोलन शालिन र सशक्त भएको छ । साथै गणतन्त्रको रक्षाको मोर्चा सशक्त भएको छ । त्यो दिनको कार्यक्रम नभएको भए प्रतिगामी तत्वहरुको जुन कोटेश्वरमा गतिविधि देखियो, असाध्यै गैरजिम्मेवार छ । देशमा अशान्ति मच्चाउने छ । त्यसको रुप हेर्दा बढो आततायी, बढो जंगली चरित्रको छ । त्यसलाई रक्षात्मक बनाउन र त्यसलाई कमजोर बनाउन पनि १५ को बिरोध सभाले महत्वपूर्ण योगदान गरेको छ । त्यो घटना योजनावद्ध छ ।’

समाजवादी मोर्चाले देशको अहिलेको स्थितिमा विदेशीहरुले पनि कतै न कतै सहयोग गरेको देखिएको निस्कर्ष निकालेको छ । गणतन्त्रवादी राजनीतिक दलहरुको आईतवारको बैठकमा गणतन्त्रको रक्षा गर्नुपर्छ, षड्यन्त्रको भण्डाफोर गरेर कारबाही गर्नुपर्छ भन्ने विचार आएको भएपनि सरकारको विचार भने घटनाको बारेमा कम आँकलन भएको जिकिर समाजवादी मोर्चाको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x