बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

प्रदुषित शहरको सूचीमा काठमाडौं विश्वकै दोश्रो

  • 26
  •  
  •  
  •  
  •  
  •  
  •  
    26
    Shares

काठमाडौं । काठमाडौं उपत्यका आज वायु प्रदूषण मापनमा विश्वमै दोस्रो स्थानमा छ । हिजो प्रदूषणको दृष्टिले विश्वकै पहिलो स्थानमा रहेको काठमाडौं आज दोस्रो स्थानमा ओर्लिएको हो ।

आज प्रदूषणको दृष्टिले भारतको राजधानी नयाँ दिल्ली पहिलो स्थानमा छ । एयर क्वालिटी इन्डेक्सले आज काठमाडौं उपत्यकाको वायु प्रदूषणमा विश्वको दोस्रो स्थानमा देखाएको हो । इन्डेक्सका अनुसार आज बिहानको मापनअनुसार काठमाडौंको समग्र वायु गुणस्तर सूचकाङ्क एक्यूआई २४९ छ ।

प्रदूषणमा पहिलो स्थानमा रहेको भारतको राजधानी दिल्लीको वायु प्रदूषण एक्यूआई आज ३५३ छ । त्यसैगरी वायु प्रदूषणको दृष्टिले तेस्रो स्थानमा पाकिस्तानको लाहोर छ । त्यहाँको वायुको एक्यूआई आज १७८ छ ।

विगत लामो समयदेखि पानी नपर्दा काठमाडौंको आकाशमा थुप्रिएको धुलो र उपत्यका आसपासका विभिन्न जंगलमा लागेको डढेलोको धुवाँको कारण काठमाडौं उपत्यकामा वायु प्रदूषणको मात्र उच्च भएको विज्ञको भनाइ छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x