बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

पत्रकार सुरेश रजकको परिवारलाई दश लाख राहत दिने गृहमन्त्री लेखकको घोषणा

  • 29
  •  
  •  
  •  
  •  
  •  
  •  
    29
    Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले चैत १५ गते आगोमा जलेर निधन भएका पत्रकार सुरेश रजकको परिवारलाई दश लाख रुपैयाँ राहत दिने घोषणा गरेका छन् । बुधबार मृतक रजकका परिवार र पत्रकारहरुको टोलीसँग भेट गर्ने क्रममा मन्त्री लेखकले यस्तो घोषणा गरेका हुन् ।

बुधबार मृतक रजकका परिवारको साथमा नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष दिपक आचार्य, श्रमजीवी–पत्रकार संघका अध्यक्ष जन्मदेव जैसीलगायतको टोलीसँग गरेको भेटका क्रममा उनले पीडित परिवारलाई दश लाख राहत दिने घोषणा गरे । यद्यपी, पीडित परिवार र पत्रकारहरुले तत्काल उच्च स्तरीय छानबिन समिति गठन गर्नु पर्ने माग गरेकोमा उक्त माग भने अस्वीकार गरे । उक्त माग प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किपछि सम्बोधनको प्रयास गर्ने उनको भनाइ रहेको थियो ।

हिंसात्मक प्रदर्शनका क्रममा निधन भएका रजकलाई सहीद घोषणा गर्ने, अरु राहतको घोषणा गर्ने लगायतका कुराहरु मन्त्रिपरिषद्को बैठकमा राखेर टुंगो लगाउने उनले बताए ।

चैत १५ गते भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर कीर्तिपुरका सबिन महर्जनको निधन भएको थियो भने एभिन्युज टेलिभिजनका क्यामरा पर्सन सुरेश रजकको दृष्य खिच्ने क्रममा आगोमा जलेर निधन भएको थियो । त्यसयता उक्त हर्कतको सर्वत्र विरोध भइरहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x