बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

दक्षिण कोरियाका राष्ट्रपति युन पदबाट बर्खास्त

काठमाडौं । दक्षिण कोरियाको संवैधानिक अदालतले राष्ट्रपति युन सुक योललाई त्यहाँको महाभियोग सदर गर्दै पदबाट बर्खास्त गरेको छ।

दक्षिण कोरियामा सैन्य शासन लागू गर्ने प्रयास गरेपछि त्यहाँको संसद्‌ले लगाएको महाभियोग शुक्रबार संवैधानिक अदालतले सदर गरेको हो।

महाभियोगका पक्षमा संवैधानिक अदालतका आठै सदस्य एकमत भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

उनलाई पदबाट हटाएका कारण दक्षिण कोरियामा अब ६० दिनभित्र आम निर्वाचन गर्नुपर्नेछ।

राष्ट्रपति योलले गत डिसेम्बर ३ मा देशमा सैनिक कानुन लागू गर्ने घोषणा गरेका थिए। तर संसद्‌मा व्यापक विरोध भएपछि दुई घण्टामै घोषणा फिर्ता लिन बाध्य भएका थिए।

सैनिक शासन घोषणा गरी नागरिक शासन निलम्बन गरेर संसदमा सैनिक पठाउँदा लोकतान्त्रिक दक्षिण कोरियालाई राजनीतिक सङ्कटमा धकेलेको आरोपमा दक्षिण कोरियाली संसद्ले उनीविरुद्ध महाभियोग लगाएको थियो।

त्यहाँको प्रावधानअनुसार महाभियोलाई संवैधानिक अदालतले सदर गरेपछि मात्र उनी पदबाट हट्नुपर्थ्यो।

शुक्रबार संवैधानिक अदालतले महाभियोग सदर गरेपछि उनी राष्ट्रपतिबाट हटेका हुन्।

उनको महाभियोग अदालतमा विचाराधीन रहँदा दक्षिण कोरियाका प्रधानमन्त्री हान डक सुलाई कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी दिइएको थियो।

त्यसो त राष्ट्रपति योलविरूद्धको महाभियोग प्रक्रिया अगाडि नबढाएको भनी संसद्‌ले उनीविरुद्ध पनि महाभियोग लगाएको थियो।

तर उनीविरुद्धको महाभियोग संवैधानिक अदालतले अस्वीकृत गरिदिएपछि उनी पुन: जिम्मेवारीमा फर्किएका थिए।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x