बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

अबको दशक मिल्काइसकेको पात्रको बारेमा छलफल गर्ने समय होइनः गगन थापा

  • 15
  •  
  •  
  •  
  •  
  •  
  •  
    15
    Shares

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्र्दै विगतमा मिल्काइसकेको पात्रको बारेमा छलफल गर्ने समय नरहेको टिप्पणी गरेका छन् । शनिवार बाह्रखरी मिडियाले काठमाडौंमा आयोजना गरेको एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले २०८०—०९० दशक विगतमा फालिसकेको पात्र र विषयमा छलफल गरेर बस्ने समय नरहेको जिकिर गरेका हुन् ।

उनले राजतन्त्रलाई नचाहिने, थोत्रो भएको टिप्पणी गर्दै गइसकेको कुरामा छलफल गर्न जरुरी नरहेको बताए । उनले अबको एक दशक आइटीको एक्सपर्टलाई ५ गुणा कसरी बनाउने, तलव तीन गुणा कसरी बढाउने ? आइटीको एन्फास्ट्रक्चर कसरी बढाउने भन्ने कुरा बहसको विषय बन्नुपर्ने बताए । उनले अबको ८÷१० वर्ष भित्रमा कीर्तिपुरको डाँडामात्रै नभइ अन्य ठाउँमा पनि दुई÷चार लाख रुपैयाँ कमाएको स्थिति बनाउनसक्ने बताए ।

महामन्त्री थापाले भने, ‘हामी अबको ८/१० वर्ष भित्रमा मलाई फेरि पनि मेरो विश्वास छ । कीर्तिपुरको डाँडामात्रै होइन । त्यस्ता थुप्रै डाँडाहरुमा साथीहरुले दुई चार लाख रुपैयाँ कमाएको स्थिति हामी बनाउनसक्छौँ । त्यो पोर्टेन्सियल हामीसँग छ । तर त्यसका निम्ति सोच्नुपर्नेछ । त्यो डिरेक्शनमा काम गर्नुपर्नेछ । हाम्रो शुरुवात भइसक्यो । अलिकति गति बढाउनुपर्नेछ । हाम्रो गति पुगेको छैन । यो हाम्रो लागि एउटा अवसर हो । कानूनमा ल्याउनुपर्ने बदलाव पनि ल्याऔँ । अरु स्ट्रक्चरमा ल्याउनुपर्ने कुराहरु पनि ल्याऔँ । एकदम पोजेटिभ, ओपन माइण्डेट । सबै कोलाब्रेसनमा गर्ने, निजी, सरकारी भर्सेस केही पनि छैन । मिलेर गर्ने । हाम्रो भागमा परेको काम हामीले रतपाईंको भागमा परेको काम तपाईंले गर्ने हो । अबको ८/१० वर्ष भित्रमा यो २०८० देखि ०९० सालसम्मको यो १० वर्ष यो नचाहिने, थोत्रा, गइसकेको, हिजो लगेर एक ठाउँमा मिल्काइसकेको, थन्काइसकेको विषय र पात्रको बारेमा छलफल गरेर टाइम खेर फाल्ने होइन । हामीले अब गफ गर्नुपर्ने १० वर्षको विषय भनेको हाम्रो आइटीको एक्सपर्टलाई ५ गुणा कसरी बनाउने, तलव तीन गुणा कसरी बढाउने ?आइटीको एन्फास्ट्रक्चर कसरी बढाउने भन्ने कुरा बहसको विषय बन्नपर्छ ।’

महामन्त्री थापाले अर्थतन्त्रमा अप्ठेरो परेको बेला पनि आईटी क्षेत्रले आशा देखाएको बताए । आईटी क्षेत्रमा नेपाललाई धेरै अवसर रहेको उल्लेख गरे ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x