बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

देशका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा

  • 5
  •  
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares

काठमाडौं । देशका विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा भएको छ । पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै मोरङमा दुई सय मिलिमिटरभन्दा धेरै पानी परेको छ । काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा अहिले पनि पानी परिरहेको छ ।

पश्चिमको तुलनामा मध्य र पूर्वी भेगमा पानी केही बढी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज र भोलि देशका सबैजसो प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना छ । यस्तै हिमाली भेगमा हिमपात हुने महाशाखाले जनाएको छ ।

सुदूरपश्चिमसहितका केही ठाउँमा हावाहुरीको समेत सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । यसैबीच काठमाडांै उपत्यकाको प्रदूषण केही घटे पनि अझै अस्वस्थकर अवस्थामै रहेको छ ।

हावाको गुणस्तर मापन सूचक एक्यूआई एक सय ५० भन्दा माथि गएमा सबैका लागि अस्वस्थ हुनेमा अहिले काठमाडौंको एक्यूआई एक सय ९० भन्दा माथि छ । वर्षाले प्रदूषण केही घट्न सक्ने मौसमविदले बताएका छन् । अहिले ठूलो वर्षा नहुने र देशभरको मौसममा अपेक्षित सुधार हुने अवस्था नदेखिएकाले मौसमसम्बन्धी जानकारी अद्यावधिक गरिरहन तथा आवश्यक सतर्कता अपनाउन विभागले सबैमा अनुरोध गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x