बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

अमेरिकाको हडसन नदीमा हेलिकप्टर दुर्घटना

काठमाडौं । अमेरिकाको न्युयोर्कमा रहेको हडसन नदीमा हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा हेलिकप्टरमा रहेका तीन बालबालिकासहित सबै ६ जनाको ज्यान गएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

हेलिकप्टरमा पाँच जना स्पेनका नागरिक रहेका र एक जना पाइलट रहेका थिए ।

दुर्घटनामा ज्यान गुमाउने स्पेनी पर्यटकका परिवार सम्पर्कमा आएपछि मात्र मृतक सबैको पहिचान खुलाउने न्युयोर्कको प्रहरीले बताएको सञ्चार माध्यमले जनाएका छन् ।

दुर्घटनाको कारण अनुसन्धान भइरहेको छ ।

दुर्घटनाबारे सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियोमा हेलिकप्टर आकाशबाट उल्टो परेर खस्दै हडसन नदीमा झरेको देखिन्छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x