३० आश्विन २०८३, शुक्रबार

सुनको मूल्य इतिहासकै उच्च, कतिमा हुँदैछ कारोबार ?

0
Shares


काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले इतिहास कायम गरेको छ । शुक्रबार तोलामा ३ हजार ९०० रुपैयाँ बढेसँगै सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार नेपाली बजारमा छापावाल सुन प्रतितोला १ लाख ८५ हजारमा कारोबार भइरहेको छ । बिहीबार सुन १ लाख ८१ हजार १०० मा कारोबार भएको थियो ।

शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा १ हजार ९ सय रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा ५ रुपैयाँ बढेर १ हजार ९ सय ५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।