वीरगंजमा थपियो कर्फ्युको अवधि, कहाँ कहाँ लगाइयो ?

काठमाडौं । वीरगंजमा शनिबार बेलुकादेखि जारी करफ्युको अवधि थपिएको छ । पर्साको वीरगंज महानगरपालिका क्षेत्रमा लगाइएको कर्फ्युको अवधि थपिएको हो ।
शनिबार दिउँसो दुई समुदायबीच झडप, तोडफोड र आगजनीपछि प्रशासनले साँझदेखि आज (आइतबार) मध्याह्न १२ बजेसम्मका निम्ति वीरगन्जमा कर्फ्यु आदेश जारी गरेको थियो ।
प्रशासनले सुरुमा शनिबार साँझ साढे ६ बजेदेखि लागु हुने गरी कर्फ्यु आदेश जारी गरेको थियो । पछि साँझ साढे ७ बजेदेखि कर्फ्यु लागु हुने जनाइएको थियो ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE