बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

मिथिलासहित तराई–मधेसमा आज जुडशीतल पर्व मनाइँदै

  • 27
  •  
  •  
  •  
  •  
  •  
  •  
    27
    Shares

काठमाडौं । जनकपुरधामसहित तराई–मधेसमा आज जुडशीतल पर्व मनाइँदैछ । विक्रम संवत अनुसारको नयाँ वर्ष प्रारम्भमा मनाइने दुईदिने पर्वमा पहिलो दिनलाई सतुवाइन र दोस्रो दिनलाई जुडशीतल भन्ने गरिन्छ । वैशाख सङ्क्रान्तिमा शुरु हुने पर्व विधिमा पहिलो दिन चना, जौ, मकै, कँगनो, गहुँ, चामल र मुँगसहित सातथरि खाद्यान्नको सातु र माटोको अङ्खरामा सख्खरको सर्वत बनाएर कुलदेवतालाई चढाएपछि कुलपुरोहित, व्राह्मण र साधुहरूलाई दान गरेर खाने चलन छ ।

यसैगरी दोस्रो दिन वैशाख २ गते घरपरिवारका ज्येष्ठजनले सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घजीवनको आशीर्वाद दिने गर्छन् । मधेस प्रदेश सभा सदस्य रामआशिष यादव मधेस प्रदेश र मिथिला क्षेत्रमा जुडशितल पर्वको पौराणिक महत्व रहेको बताउछन् । जुडशितल पर्व मानव सभ्यताको प्रतिकको रुपमा रहेको बताए ।

पानी, माटो र संस्कृतिकलाई कसरी बचाउने भन्ने सन्देश जुड शितल पर्वले दिने गरेको बताए । परिवारको ज्येष्ठ सदस्यले परिवारको कनिष्ठ सदस्यलाई चिसो पानी शिरमा छर्किएर आशिर्वाद लिने चलन रहेको बताए । जुडशितल पर्व मनाउने कुरा कम हुँदै गएको जिकिर गरे ।

मिथिलामा घरका कुलदेवताको पूजाआराधना गरिने थोरै पर्वमध्ये जुडशीतल पर्दछ । यो पर्वमा पकाइने सबै खाद्य परिकार इष्टदेवतालाई चढाउने परम्परा छ । बढ्दो गर्मीबीच मनाइने यो पर्वमा दहीको प्रयोगमा जोड दिइन्छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x