बागमती टेलिभिजनमा आजदेखि ‘जोगिन्दरको पानको दुकान’, पहिलो अतिथि कुल ब्वाय

काठमाडौं । चर्चित हाँस्य कलाकार तथा प्रस्तोता शिवशंकर रिजालले प्रस्तुत गर्ने ‘जोगिन्दरको पानको दुकान’ सिजन–२ को रुपमा प्रसारणमा आउने भएको छ । उक्त कार्यक्रम बागमती टेलिभिजन एचडी र ओएसआर रियालिटीबाट आज बैशाख ४ गतेदेखि प्रसारणमा आउने भएको हो । टेलिभिजनमा यो कार्यक्रम बेलुका साढे ८ बजे र ओएसआरमा सोही दिन बेलुका ९ बजे प्रसारण हुने भएको छ ।
यस कार्यक्रमलाई रेस्क्यु क्रियशनले निर्माण गरिरहेको छ भने कार्यक्रमको परिकल्पनाकार तथा निर्देशक समन अधिकारी रहेका छन् । अधिकारी चर्चित म्युजिक भिडियो तथा कार्यक्रम निर्देशक हुन् ।
कार्यक्रम प्रस्तोता रिजालले यस कार्यक्रममा विभिन्न क्षेत्रमा ख्याती कमाएका व्यक्तित्वहरुलाई बोलाएर रमाइलो कुराकानी गरिने बताए । हाँस्यरसमा प्रस्तुत हुने यो कार्यक्रममार्फत समसामयिक सन्दर्भहरुको उठान गर्ने र सचेनामुलक विषयहरु समेटिने प्रस्तोता रिजालको भनाइ रहेको छ । रिजाल यो कार्यक्रममा मधेशवासीको लवजमा प्रस्तुत हुने गर्दछन् ।
उनले पहिलो सिजनको रुपमा यो कार्यक्रम हिमालयन टेलिभिजनमा ११ वर्षसम्म सञ्चालन गरेका थिए । उनी विभिन्न र्काक्रमहरु सफलतापूर्वक सञ्चालन गरेका र हाँस्य अभिनयका कारण चर्चित छन् ।
सिजन–२ को पहिलो भागमा चलचित्र ‘होस्टेल–३’बाट नेपाली सिनेमा क्षेत्रमा प्रवेश गरेका कुल ब्वायको नामले परिचित पारस बम ठकुरी अतिथिका रुपमा रहेका छन् । त्यससँगै जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, चर्चित गायिका राधिका हमाल, अभिनेता तथा द्वन्द निर्देशक राजेन्द्र खड्गी लगायतका व्यक्तित्वहरुलाई प्रस्तुत गर्ने निर्देशक अधिकारीले जानकारी दिएका छन् ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE