आज दुई प्रदेश सहित पहाडी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौं । देशका पूर्वी र मध्य भेगका केही ठाउँमा अहिले हल्का वर्षा भैरहेको छ । आज पानी पार्ने प्रणाली पश्चिमको तुलनामा मध्य र पूर्वी भेगमा बढी सक्रिय भएको मौसम पूर्वानूमान महाशाखाले जनाएको छ ।
आज कोशी र मधेश प्रदेशलगायत देशका पहाडी भेगका केही ठाउँहरु तथा बाँकी भेगका थोरै ठाउँहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
हिजोदेखि सक्रिय भएको पानी पार्ने नयाँ प्रणालीले आइतवारसम्म नै हावाहुरी, चट्याङसहित वर्षा गराउने सम्भावना रहेको मौसमविद्को अनुमान् छ । जल तथा मौसम विज्ञान विभागले यो हप्ताभरिकै मौसममा सुधार नआउने भएकाले गहुँ, मुसुरोलगायत बाली अर्को हप्तामात्रै भित्र्याउन भनेको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE