मंगलबार ऐतिहासिक रेकर्ड बनाएको सुनको मूल्य ह्वात्तै घट्यो

काठमाडौं । मंगलबार २ लाख नजिक पुगेको सुनको मूल्य बुधबार भने ह्वात्तै घटेको छ । अघिल्लो दिन १ लाख ९७ हजार ९०० भएको सुनको मूल्य आज तोलामा ७ हजार ५०० ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य ५ रुपैयाँ घटेर १ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी १ हजार ९७० रुपैयाँमा कारोबार भएको थियो ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE