३० आश्विन २०८३, शुक्रबार

मंगलबार ऐतिहासिक रेकर्ड बनाएको सुनको मूल्य ह्वात्तै घट्यो

0
Shares


काठमाडौं । मंगलबार २ लाख नजिक पुगेको सुनको मूल्य बुधबार भने ह्वात्तै घटेको छ । अघिल्लो दिन १ लाख ९७ हजार ९०० भएको सुनको मूल्य आज तोलामा ७ हजार ५०० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य ५ रुपैयाँ घटेर १ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी १ हजार ९७० रुपैयाँमा कारोबार भएको थियो ।