बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

गगनलाई ओलीको प्रश्नः प्रधानमन्त्रीको शयन कक्षसम्मै विचौलियाको पहुँच छ भनेर प्रमाणित गर्न सक्नुहुन्छ ?

  • 13
  •  
  •  
  •  
  •  
  •  
  •  
    13
    Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापालाई प्रधानमन्त्रीको शयन कक्ष (बेडरुम) सम्मै विचौलिया पुगेको कुरा प्रमाणित गर्न चुनौति दिएका छन् । आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले महामन्त्री थापालाई प्रधानमन्त्रीको शयन कक्षसम्मै विचौलिया पुगेको कुरा प्रमाणित गरेर देखाउन चुनौति दिएका हुन् ।

उनले राम्रो काम गरेको भन्न नसक्ने र धङधङ्गार बोल्ने गरेको टिप्पणी गरे । प्रधानमन्त्रीको शयन कक्षसम्मै विचौलियाको पहुँच छ भन्नेहरुप्रति दया लागेको प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्री ओलीले त्यस्ता कुरा प्रमाणित गर्न सक्नुहुन्छ ? भन्दै प्रश्न गरे । केही दिनअघि एक सार्वजनिक कार्यक्रममा महामन्त्री थापाले प्रधानमन्त्रीहरुको शयन कक्षसम्मै विचौलियाको पहुँच रहने गरेको बताएका थिए ।

उनले भने, ‘काम कस्तो गर्‍यो, त्यसमा जान सक्दैन । कोही यस्तरी धङधङ्गार बोल्छन्, प्रधानमन्त्रीको बेडरुमसम्मै विचौलियाको पहुँच पुगेको छ भनेर । दया लाग्छ तिनको । त्यस्ता शब्दहरु सुन्दा । के बोलेको त्यो ? त्यस्ता कुराहरु प्रमाणित गर्नसक्छन् ? तर बोलेका छन्, त्यस कुरालाई हतियार बनाएर त्यसलाई उद्धरण गरेर विभिन्न प्रतिगामी शक्तिहरु फेरि त्यसैलाई लिएर उफ्रिएका छन् ।’

प्रधानमन्त्री ओलीले त्यही कुरालाई हतियार बनाएर र उद्धरण गरेर विभिन्न प्रतिगामी शक्तिहरु उफ्रिरहेको टिप्पणी गरे ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x