पाल्पामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

काठमाडौं । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ सिद्धेश्वरमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । चालकसहित दुईजना घाइते भएका छन् । जिल्लाको असारे भन्ने स्थानबाट ठूलोपोखरीतर्फ जाँदै गरेको लु ३ च २३७७ नम्बरको जीप आइतबार राति १० बजेर १० बजे अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको थियो ।
रैनादेवी छहरा गाउँपालिका–१ का ३१ वर्षीय चेतनारायण विक, ३६ वर्षीय दीपेन्द्र बुढा र २२ वर्षीय जनक रेगामी मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । प्रहरीका अनुसार जीपमा पाँचजना सवार थिए ।
चालक २७ वर्षीय रञ्जन रेश्मी मगरको अवस्था गम्भीर छ। २२ वर्षीय सरोज बुढा पनि घाइते छन । लुम्बिनी अस्पताल र मिसन अस्पताल पाल्पामा उनीहरूको उपचार भइरहेको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE